fbpx

अन्तरघात गर्नेलाई कारवाही हुन्छ : कांग्रेस सहमहामन्त्री राठौर

अन्तरघात गर्नेलाई कारवाही हुन्छ : कांग्रेस सहमहामन्त्री राठौर


चुरेकुञ्ज, बर्दिया । स्थानिय निर्वाचन ०७९ मा काँग्रेसका उम्मेदवार उपर घात अन्तरघात गर्नेहरुलाई कारवाही हुने नेपाली काँग्रेसका सहमहामन्त्री एवम् सांसद किशोरकुमार राठौरले बताउनु भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाले गुलरियामा आयोजना गरेको नेपाली काँग्रेसका जनप्रतिनिधिहरुको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथी राठौरले पार्टी तथा उम्मेदवारलाई घात गर्नेहरुलाई पार्टीबाट कडा कारवाही हुने बताउनु भएको हो ।

पार्टीले ५ वटा पालिकामा जित हाँसिल गरेकोमा जित्ने र जिताउने सबैलाई बधाईदिँदै नेता राठौरले पार्टीमा विगतदेखि नै अन्र्तघातको परिपाटी मौलाएको बताउनु भयो । पार्टी भित्र बदमासी हुँदा समेत कारवाही हुन नसक्दा पार्टीलाई चुनौती थपिएको उहाँको भनाई छ । पार्टीमा पुरानो हुँ भन्ने भोट हाल्दा रुखमा नहाल्ने काँग्रेसको पुरानै प्रबृत्ति भएकाले यस्तो प्रबृत्तिको अन्त्य गर्नुपर्ने औल्याउनु भयो ।

अन्र्तघातको सँस्कृति कृष्णप्रसाद भट्टराईको पालादेखिनै मौलाएकोले आफू सधै अन्र्तघातको विरुद्धमा रहेको नेता राठौरको भनाई छ । पार्टीले गरेको निर्णयलाई नेता र कृयाशिल सदस्यहरुले मान्नुपर्ने सुझाउँदै अन्र्तघातीहरुलाई पार्टीले नछाड्ने दोहोर्याउनु भयो ।

तपाइको मत