fbpx

बर्दिया मधुवनको प्रमुखमा काँग्रेसका तेज बहादुर भाट विजयी

बर्दिया मधुवनको प्रमुखमा काँग्रेसका तेज बहादुर भाट विजयी


हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिकाको नगरप्रमुख र उपप्रमुखख दुवैमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुखमा तेज बहादुर भाट र उपप्रमुखमा अनिता चौधरी विजयी भएका हुन् ।

भाटले ८ हजार ७ सय ७५ मत प्राप्त गर्नु भएको छ । प्रतिष्पर्धी माओबादीका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९ सय ३१ मत ल्याउनु भएको छ । उपप्रमुख पदमा नेपाली काँग्रेसका अनिता चौधरीले ८ हजार ३ सय ३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी माओबादी केन्द्रकी शुभद्रा चौधरी थारुले ७ हजार ८ सय ९९ मत ल्याउनु भएको छ ।

तपाइको मत