fbpx

१ सय ४ जनामा कोरोना संक्रमण

१ सय ४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार तीन हजार पाँच सय नमुनाको पीसीआर परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये उपत्यकामा मात्र ६१ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार भक्तपुर २, ललितपुरमा १२ र काठमाडौंमा ४७ गरी ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १३१ जना डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ भने २ लाख ६९ हजार ६० जनाले कोरोना जितेका छन् ।

अहिले १६ सय ४ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । अहिलेसम्म नेपालमा २ हजार ५४ जनाको मृत्यु भएको छ । शनिबार र आइतबार मृतकको संख्या शून्यमा झरेको हो । अहिलेसम्म २१ लख १७ हजार ५० जनाको पीसीआर परीक्षण भएको नेपालमा ७९ जना क्वारेन्टाइनमा छन् ।

www.facebook.com/watch/?v=772750223341263

तपाइको मत