राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको जित
- मंगलबार जेठ ३ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । ९ हजार ८ सय ७ मत प्राप्त गरी माओवादी केन्द्रका दिपेश थारु विजयी हुनुभएको हो ।
उपप्रमुख पदमामा माओवादीकै मनकला कुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ । नगरप्रमुख पदका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक जंग शाहले ९ हजार ७ सय ६० मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा नेपाली काँग्रेसकी यसोदा थारुले १० हजार ४५ मत प्राप्त गर्नुभयो । निर्वाचित उपमेयर चौधरी पुनः निर्वाचित हुनु भएको छ ।