fbpx

गुलरिया १० को अध्यक्षमा जनमत पार्टीकोको प्यानल विजयी

गुलरिया १० को अध्यक्षमा जनमत पार्टीकोको प्यानल विजयी


यादव आचार्य, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १० को अध्यक्ष पदमा जनमत पार्टीको प्यानल विजयी भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका विरेन्द्र कुमार कुर्मीलाई पराजितगर्दै जनमत पार्टीका लक्ष्मी नारायण लोधको प्यानल विजयी भएको हो ।

विजयी लोधले ५ सय ३३ मत प्राप्त गरेका छन् । कुर्मीको ४ सय ९ मत छ । वडा नम्वर १० मा नेकपा एमालेले ३ सय ८१ मत र नेपाली काँग्रेसले ३ सय ६० मत प्राप्त गरेको छ । गुलरिया नगरपालिकामा १० वटा वार्डहरुको गणना सकिएको छ । जसमध्ये ४ वटा वडामा नेपाली काँग्रेस, ३ वटा वडामा नेकपा एमाले, २ वटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा जनमत पार्टी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुलरियाले जनाएको छ ।

नेपाली काँग्रेसबाट वडा नम्वर १ मा जोगीराम थारु, ४ मा सुरेश गौतम, ६ मा शुधांसु प्रकाश शर्मा, ७ मा मनोज कुमार यादव विजयी भएका हुन् । एमालेबाट वडा नम्वर २ मा टंक प्रसाद अधिकारी, ३ मा सर्वजित यादव र ५ मा मुम बहादुर मल्ल विजयी भएका छन् । माओवादी केन्द्रबाट वडा नम्वर ८ मा धर्मेन्द्रकुमार वानिया, ९ मा हरीप्रसाद पासी विजयी भएका छन् ।

तपाइको मत