गेरुवा गाउँपालिकाको अध्यक्षमा जमानसिंह केसी पुनः विजयी
- मंगलबार जेठ ३ , २०७९
सन्तोष पौडेल, गेरुवा । अध्यक्षमा नेपाली कांग्रेसका जमान सिंह के.सी. पुनः दोश्रो कार्यकालका लागी निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसकै लक्ष्मी चौधरी निर्वाचित भएकी छिन् । गेरुवा गाउँपालिका प्रमुख उपप्रमुखको नतिजा सार्वजनिक भएसँगै मतगणना कार्य सकिएको निर्वाचन अधिकृतको कार्यालय गेरुवाले जनाएको छ ।
गाउँपालिकाका ६ वटै वडा का वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् । विजयी उम्मेदवार हरुको नाम र प्राप्त मत यस प्रकार छ ।
अध्यक्ष
जमान सिं के.सी. नेपाली काँग्रेस रुख प्राप्त मत ७६९८ विजयी
विश्व बहादुर थारु माओवादी केन्द्र हसिया हथौडा प्राप्त मत ६६२०
भरत वहादुर धामी एमाले सुर्य प्राप्त मत १८५१
उपाध्यक्ष
लक्ष्मी कुमारी चौधरी नेपाली काँग्रेस रुख प्राप्त मत ७१५३ विजयी
लिला चौधरी माओवादी केन्द्र हसिया हथौडा प्राप्त मत ६५८३
मंजु शर्मा एमाले सुर्य प्राप्त मत २२४३
विजयी वडा अध्यक्षहरु
वडा नं १ मा नेपाली काँग्रेसका कर्मप्रसाद चौधरी प्राप्त मत १३०५
वडा नं २ मा नेपाली काँग्रेसका कृष्ण थारु प्राप्त मत ११७३
वडा नं ३ मा नेपाली काँग्रेसका निर्मल चौधरी प्राप्त मत १०३७
वडा नं ४ मा नेपाली काँग्रेसका महेन्द्र प्रसाद चौधरी प्राप्त मत १४७५
वडा नं ५ मा नेपाली काँग्रेसका धर्म प्रकाश थारु प्राप्त मत १२८७
वडा नं ६ मा नेपाली काँग्रेसका कृष्णगोपाल चौधरी प्राप्त मत १४७२