fbpx

मधुवन १ अध्यक्षमा काँग्रेसका मीनबहादुरको प्यानल विजयी

मधुवन १ अध्यक्षमा काँग्रेसका मीनबहादुरको प्यानल विजयी


हरि गुरुङ्ग, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं.–१ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका मीन बहादुर थापाको प्यानल विजयी भएको छ । थापाले माओवादी केन्द्रलाई ४८१ मतले पछिपार्दै जीत हासिल गरेका छन् ।

वडाध्यक्षमा विजयी थापाले १ हजार ७८० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रले १ हजार २९९ मत प्राप्त गरेको छ । नेकपा एमाले १ सय ५ मतमा समेटिएको छ । वडामा दलित महिला सदस्य मायादेवी परियार, महिला सदस्य रन्जु चौधरी पुरुष खुल्ला सदस्य राम चरण चौधरी र धनिराम चौधरी काँग्रेसबाट विजयी भएका छन् ।

तपाइको मत