स्थानिय निर्वाचनको प्रचारमा राप्रपा र लोसपा घरघरमा
- आइतबार बैशाख २५ , २०७९
मुरली गोडिया, गुलरिया । स्थानिय निर्वाचन नजिकिए संगै आफना योजना सुनाउँदै राजनैतिक दलका उम्मेदवार मतदाताका घरघरमा पुगेका छन । कस्तो नेतृत्व आउने हो भनि आम चासोको विषय भए संगै केही राजनैतिक दलमा नयाँ उम्मेदवारहरु समेत देखिएका छन । गुलरिया नगरपालिकाको मेयर पदका लागी राष्ट्रिय प्रजातन्त्र पार्टीले सुजितराज श्रीवास्तवलाई मेयरको रुपमा अघि सारेको छ ।
नयाँ जोस र जाँगरका साथ देखिएका उनि गुलरिया नगरपालिकामा मेयर जित्ने दाउँमा छन् गुलरिया नगरपालिकामा देखिएका विविध समास्यालाई समाधान गर्न नितिगत समास्या देखिएको उनि बताउँछन । नगरप्रमुखको रुपमा आफूले जिते उनले सर्वप्रथम स्थानिय सरकारले निर्माण शिक्षा, स्वास्थ्य, कृषी र रोजगारीको विषयमा आफुले निति बनाएर शुन्य बाट काम शुरुवात गर्ने अठोट सुनाए । गुलरियाका बासिन्दा परिवर्तनको पक्षमा भएको उनको तर्क छ । बर्षौ देखी अरुको मातहतमा रहि कामगर्दै आएका श्रमिक वर्गहरुका लागी आफु संग विशेष योजना रहेको सुनाए ।
पुराना दलको कार्यशैली धेरै पटक देखी सकेकाले यस पटक नयाँ नेतृत्वको स्वाद लिन युवाको पहुँचलाई ख्याल गरि मत प्रदान गर्न श्रीवास्तवको अनुरोध छ । गुलरिया नगरपालिकामा व्यापारीक अवस्था डामाडोल भएकोभन्दै स्थानिय उत्पादनको बजारीकरण तथा स्थानिय बजारको प्रवर्धनमा आफुले विशेष कार्य गर्ने गुलरिया नगर प्रमुख पदमा लोकतान्त्रिक समाजबादी पार्टीबाट खडा भएका केशव कुमार यादवको भनाई छ ।
गुलरियामा अधिकांश मधेशी समुदायको बाहुल्यता भएकोभन्दै शिक्षा क्षेत्रमा समेत व्यापक लगानी गरि नमुनाका रुपमा एउटा प्राविधिक शिक्षालयको स्थापना गर्नेे योजना रहेको बताए । सदरमुकाम गुलरिया भारतिय सिमानाका मुर्तिहा संग जोडिएकाले बैदेशिक सम्बन्ध थप सुमधुर बनाई व्यापारीक दृष्टीले समन्वय गर्न आवश्यक रहेको उनले भनाई छ ।