fbpx

कोठियाघाटमा पौडींदा डुवेर वेपत्ता थारुको शव भेटियो

कोठियाघाटमा पौडींदा डुवेर वेपत्ता थारुको शव भेटियो


हरि गुरुङ, मधुवन । विहिवार गेरुवा कर्णाली नदीको कोठियाघाटमा पौडीने क्रममा वेपत्ता भएका मधुवन नगरपालिका वडा नम्वर ३ धनौरा निवासी २४ बर्षिय दिलिप थारुको शव भेटिएको छ । तिनदिन देखि हराई रहेका उनको शनिवार दिउँसो शव भेटिएको हो ।

डुँगा मार्फत गोताखोरबाट नदीमा खोजी हुँदा समेत नभेटिएका थारुको शव पानीमा उत्रिएको अवस्थामा फेला परेको कोठियाघाट प्रहरी चौकीका ईन्चार्ज असई जोरासिंह अधिकारीले जानकारी दिनु भयो । थारुको शव पोष्टमार्टमको लागि बर्दिया अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

तपाइको मत