कोठियाघाटमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता
- बिहिबार बैशाख २२ , २०७९
हरी गुरुङ, मधुवन । बर्दियाको गेरुवा कर्णाली नदी स्थित कोठियाघाटमा एक जना डुवेर वेपत्ता भएका छन् । मधुवन नगरपालिका वडा नम्वर ३ धनौरा निवासी २४ बर्षिय दिलिप थारु पौडी खेल्ने क्रममा विहिवार डुवेर वेपत्ता भएका हुन् ।
गेरुवा कर्णाली पुलको ५ सय मिटर उत्तरतर्फ पौडी खेल्ने क्रममा थारु डुवेर वेपत्ता भएको कोठियाघाट प्रहरी चौकीका ईन्चार्ज असई जोरासिंह अधिकारीले जानकारी दिनुभयो । वेपत्ता भएका थारुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।