fbpx

बर्दियामा मुस्लिम समुदायहरुद्वारा धुमधामले इद पर्व मनाईयो

बर्दियामा मुस्लिम समुदायहरुद्वारा धुमधामले इद पर्व  मनाईयो


मुरली गोडिया, गुलरिया । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदै छन् । दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठुलाबडाकहाँ गएर आशीर्वाद लिने प्रचलन छ ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ । नवौँ महिनाको अन्तिम दिन बेलुका चन्द्रमा देखिएपछि भोलिपल्ट इदउल फित्र मनाईन्छ ।

सरकारले इदको अवसरमा सार्वजनिक बिदा दिएको छ । २०७८ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ । बर्दियाको गुलरिया स्थित बालमन्दिर नजिक अवस्थित इदगाहमा पनि नबाज पढ्नेहरूको घुइँचो लागेको थियो । हरेक वर्ष उक्त इदगाहमा मुस्लिम समुदायका नागरिक पुगि हर्सोउलासका साथ ईद पर्व मनाउने गरेका छन । जहाँ हिन्दु समुदायका ब्यक्ती पनी त्यहा पुगि एक आपसमा शुभकामना साटासाट गर्ने गरेका गुलरियाका सेराज अहमदले बताए ।

तपाइको मत