बालिका माथिको हिंसा रोक्न बर्दियामा बालिका सम्मेलन
- शनिबार बैशाख १७ , २०७९
मुरली गोडिया, गुलरिया । बर्दियामा बालबालिका माथी हुने सवै प्रकारका हिंसा विरुद्ध साझा प्रतिबद्धता जनाउँदै बालिका सम्मेलन गरिएको छ । प्लान इनटरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा बालिका सम्मेलन गरिएको हो ।
बर्दियाका ५ वटा पालिकाका गरि ५० जना भन्दा बढी किशोरीहरुको भेलाले विभिन्न ९ बुँदे साझा प्रतिबद्धता जनाउँदै जिल्लामा हुन आउने सवै प्रकारका हिंसा विरुद्ध ऐक्यवद्धता जनाएका हुन । बाल बालिका र महिला विरुद्ध हुने भेदभाव, दुव्र्यवहार हिंसा विरुद्ध विभिन्न प्रकारका सचेतना मुलक कार्यक्रम संचालन गर्ने, हामी भेदभाव, दुव्र्यवहार र हिंसा गर्ने छैनौ र सहने पनि छैनौ, अनाथ तथा जोखिममा रहेका बाल बालिकाहरुको उद्धार तथा पुनस्र्थापनाको लागि सम्वन्धित निकायको ध्यान आकर्षण गराउन सक्रिय रहने लगायतका बुँदा उक्त ऐक्यवद्धता पत्रमा समावेश गरिएको बाँके युनेस्को क्लबका जिल्ला फोकल पर्सन ईश्वर विकले जानकारी दिनु भयो ।
हामी सवैको ऐक्यबद्धता बालिका माथी हुने हिंसा विरुद्ध साझा प्रतिबद्धता भन्ने मुल नारा सहित शुरु भएको बालिका सम्मेलनमा गरिब, दलित, विपन्न परिवारका बालिका एवं किशोरीहरुको सहभागी रहेको थियो । सम्मेलनमा बालविवाह न्युनिकरण, हिंसा रोकथाम, राजनैतिक कार्यक्रममा बालबालिकाको प्रवेश नगराउने तथा उनिहरुको प्रजनन स्वास्थ्य लगायत विषयमा बृहत छलफल गरिएको बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर डम्मर बहादुर परियारले जानकारी गराउनु भयो । गुलरिया गरिएको उक्त बालिका सम्मेलनले यौन तथा प्रजनन् स्वस्थ्य सेवा सुनिश्चित गर्नका खातिर जनवकालत र पैरवी गर्ने बाल विवाह गर्ने र गराउनेलाई कानूनी कारवाही गराउन लागि पर्ने, हक अधिकारको पक्षमा निर्माण भएको समितिहरुलाई सक्रिय बनाउन कार्य गर्ने लगायत प्रतिबद्धता बालिकाहरुले जनाएका छन ।