fbpx

गुलरियाको प्रमुखमा स्वतन्त्र महिला दिपिका शर्माको उम्मेदवारी

गुलरियाको प्रमुखमा स्वतन्त्र महिला दिपिका शर्माको उम्मेदवारी


मुरली गोडिया, गुलरिया । गुलरिया नगरपालिकामा नगरप्रमुख पदमा स्वातन्त्र तर्फबाट दिपिका शर्माले उम्मेदवारी दर्ता गराएकी छिन । गुलरिया नगरपालिकाको प्रमुख पदमा ३ जना स्वतन्त्र पुरुषहरुको मनोनयन दर्ता भएको छ ।

गुलरियामा उम्मेदवारी दिनेहरुमा दिपक विसी, राजु भण्डारी र अनिल यादव रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । गुलरिया नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी शर्माले घोषणा पत्र मार्फत नगरपालिकाको मुहार फेर्ने बताएकी छिन् । स्थानीय सरकार विकाश केन्द्रीत हुन्छ र हुनुपर्छ । विकाश कार्य निष्पक्ष हुनुपर्छ र निष्पक्षताको निम्ति गै¥हदलीय सरकार बन्नु पर्ने भन्दै पार्टी प्रतिनिधिहरूले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई पार्टीले संरक्षण गर्ने काम हुँदै आएकोले स्वतन्त्र रुपमा आफुले उम्मेदवारी दिएको शर्माले बताइन् ।

शर्माका अनुसार नेपाली समाज दलहरुमा विभाजित छ । समाजलाई जोड्ने कुनै संन्यत्र छैन । स्थानीय सरकार गै¥हदलीय हुँदा विभाजित समाजलाई समन्वय गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउँदै उनले आफुले विभिन्न कार्यगर्ने बताइन । गुलरिया नगरपालिकाको विकासको लागि नाकाको अत्यन्त आवश्यक रहेकोले गुलरियामा नाका आजसम्म के कतिपय कारणले खुल्न सकेन कारण पत्ता लगाई उनले पहिलो प्राथमिकता नाका खुलाउने बताएकी छिन ।

वर्षातमा मात्र नभइ अन्य बेला पनि बाढीको समस्या र नदी कटान समस्या गम्भीर रूपमा रहेको नदी कटानको समस्या समाधान गर्ने पहल गर्ने घोषणापत्रमा जनाइएको छ । गुलरियाका बेरोजगार व्यक्तिका लागी रोजगारीको विकल्पमा कृषिमा निर्भर, कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन र कलकारखाना संचालन तर्फ ध्यान दिने शर्माको योजना छ । गरिब र असहाय युवा वर्गहरुको गुणस्तरीय शिक्षामा पहुँचको साथसाथै निःशुल्क शिक्षा दिलाउने, विपन्न परिवारका बालबालिकाहरूलाई निःशुल्क अध्ययन गराउन छात्रवृत्तिको व्यवस्था गराइने र पालिका भित्र एक वाचनालय र पुस्तकालयको निर्माण गरिने योजना शर्माले अघि सारेकी छिन् ।

तपाइको मत