रोजगार बैकदेखि निःशुल्क वायोग्याँस सम्म जसपाको घोषणा
- शुक्रबार बैशाख १६ , २०७९
मुरली गोडिया, गुलरिया । जनता समाजवादी पार्टी नेपाल (जसपा) बर्दियाले आफनो चुनावी घोषणपत्र सर्वजनिक गरेको छ । गुलरिया नगरपालिकामा नगर प्रमखको पदमा उम्मेदवारी दिएका सुधाकर मिश्रले अगामी ५ वर्षमा आफुले गर्ने कार्य तथा योजनाहरु बारे घोषणा पत्र सर्वजनिक गरेका हुन ।
घोषणपत्रमा शिक्षा र खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिईएको छ । निजि विद्यालय भन्दा सरकारी विद्यालयमा गुणस्तरिय जिवनउपयोगी शिक्षा दिने, बहुप्रविधिक शिक्षालयको स्थापना गर्ने योजना अघि सारिएको छ । वडा स्तरिय खेलकुद मैदान बनाई खेलकुद सामाग्री पनि उपलब्ध गराउने योजना मिश्रले बनाएका छन । गुलरिया नगरपालिकामा उद्योग र कलकारखाना संचालन गर्दै रोजगार बैंकको स्थापना गरि प्रतिवर्ष कम्तीमा ५ सय युवालाई रोजगारी दिइने घोषणापत्रमा भनिएको छ ।
गुलरिया नगरको बीचबाट बग्ने पुरानो सरयु नदिलाई सरयु करिडोरको रुपमा विकास गर्ने देखी लिएर ५ वर्ष भित्रमा प्रत्येक घरमा खाना पकाउन निशुल्क बायोग्याँस दिइने योजना रहेको छ । मेयर पदमा उम्मेदवारी दिएका मिश्र विगत २८ वर्ष सम्म माध्यमिक तहमा विज्ञान शिक्षकको रुपमा शिक्षण पेशामा पहिचान बनाएका छन ।
मिश्रले शैक्षिक बेरोजगारी कम गर्न तथा शिप र दक्षता विकासका लागी उनले १८ महिने तथा ३ वर्षे स्टाफ नर्स, ल्याब टेक्निसियन जस्ता कार्यक्रम संचालन गरि यस जिल्लाका युवा पिढीलाई आत्मनिर्भर बनाउने प्रयासमा लागी परेका छन । घोषणापत्र सर्वजनिक कार्यक्रममा बोल्दै नगर उपप्रमुखको पदमा उम्मेदवारी दिइकी सुमित्रा चौधरीले महिलाहरुको शशक्तिकरण गर्दै उच्च ओहदा समेत महिलाको पहुँच पु¥याउने कार्यका लागी आफुले उम्मेदवारी दिएको बताएकी छिन ।