fbpx

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलहरुको प्रतिबद्धता

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलहरुको प्रतिबद्धता


मुरली गोडिया, गुलरिया । स्थानिय तहको निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्ने राजनैतिक दलहरुले प्रतिबद्धता जनाएका छन । बाँके युनेस्को क्लब बर्दियाको अयोजना, गुलरिया नगरपालिकाको समन्वय र प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सम्पन्न स्थानियतहको निर्वाचन र बालबालिकाका सवालमा अन्र्तक्रिया कार्यक्रममा उपस्थित विभिन्न राजनैतिक दलका प्रतिनिधीले उक्त प्रतिबद्धता जनाएका हुन ।

बाल विवाह, चाँडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत कार्यक्रममा बोल्दै नेकपा एमाले बर्दियाका कार्यालय सचिव अंगद श्रेष्ठले निर्वाचन आरासंहितामा भएका प्रावधानहरु लागु गर्न पार्टी एवं भातृ संगठनहरुलाई निर्देशन दिनुको साथै लागु गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै नेपाली कांगे्रसका प्रतिनिधी एवम् गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा उम्मेदवारका प्रत्याशी शुधाशुं प्रकाश शर्माले पनि स्थानिय तहको निर्वाचन अवधि भर पार्टीले अचारसंहिता विपरित कुनैपनि गतिविधी नगर्ने प्रतिवद्धता दोहोर्याउनु भयो ।

कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी कार्यवाहक नगरप्रमुख शुशिला गीरीले राजनैतिक दलहरुले विभिन्न विद्यालयमा भेला तथा निर्वाचन संग सम्बन्धित सम्पर्क कार्यालय नखोल्न नगर्न सुझाव दिनु भयो । बालबालिका र विद्यालय शान्ति क्षेत्रहुन भन्दै कार्यक्रमका सहभागीहरुले स्थानिय निर्वाचनको प्रचार प्रसार तथा अन्य गतिविधीमा संलग्न नगराउनमा जोड दिएका छन । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, शिक्षा शाखा प्रमुख, बालबालिका शाखा प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधी तथा विभिन्न संघसंस्थााका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको बाँके युनेस्को क्लबका फिल्ड सुपभाइजर शितल वि.कले जानकारी दिनु भयो ।

तपाइको मत