fbpx

महालक्ष्मी बिकास बैंकको कार्यालय स्थानान्तरण

महालक्ष्मी बिकास बैंकको कार्यालय स्थानान्तरण


चुरेकुञ्ज, राजापुर । महालक्ष्मी बिकास बैंक राजापुर शाखाको एक कार्यक्रमका बिच स्थानान्तरण गरिएको छ । थप सेवा बिस्तार गर्नकालागी पुरानो ठाँउ प्रयाप्त नभएकाले स्थानान्तरण गरिएको बैंकका प्रमुख तारा बोहोराले बताउनु भयो ।

शाखा स्थानान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले प्रतिस्पर्धाको जमानामा सेवाग्राहीलाई सहज–सरल र गुणस्तरिय सेवा प्रदान गर्नतर्फ बैंकले ध्यान दिनुपर्ने बताउनु भयो । बैंक लाई इंगितगर्दै प्रमुख चौधरीले भन्नुभयो बैंक तथा बित्तीय सस्था धेरै खुलेका छन् । जो ग्राहक मैत्री बन्न उ सफल हुन्छ । कार्यक्रममा बोल्दै महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले ग्राहकको चाहाना बमोजिम सेवा बिस्तार गर्दै लैजाने भन्दै रास्ट्रबैंकको निति र बर्तमान समयमा उत्पन्न समस्याका बाबजुद पनि ग्राहकको समस्यालाई मध्यनजर गर्दै कर्जा प्रबाह गरिरहेको बताउनु भयो ।

ग्राहकमैत्री सेवा प्रबाहमा आफुहरु लागिरहेको भन्दै अधिकृत देवकोटाले डिजिटल बैंकिङ प्रणालीको तिब्र बिकास भइरहेकाले सर्बसुलभ सेवा दिनकालागी कर्मचारी तल्लीन रहनुपर्ने खाचो औल्याउनु भयो । कार्यक्रममा राजापुर नगरपालिका वडा ८ का अध्यक्ष चिन्तामणि आचार्य, बर्दिया उधोग बाणिज्य संघका अध्यक्ष केदार थापाले निजि बैंकका रुपमा महालक्ष्मी बिकास बैंक

राजापुरमै पहिलो बैंक भएको भन्दै बैंकले दिदै आएको सेवा प्रसंशा योग्य रहेको बताउनु भयो । बैंकको लक्ष्य, भाबी रणनीतिबारे शाखा प्रमुख बोहराले प्रस्ट्याउनु भएको थियो । विभिन्न क्षेत्रका ब्यक्ति उपस्तिथि कार्यक्रमको समापन गर्दै बैंक संचालक दिपक रौनियारले यस क्षेत्रका सेवाग्राहिको उत्साह प्रती खुशी व्यक्त गर्दै प्रभावकारी सेवा तर्फ संचालक समिति ध्यान दिएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

तपाइको मत