fbpx

पर्यटकको रोजाई बन्दै बर्दिया राष्ट्रिय निकुञ्ज

पर्यटकको रोजाई बन्दै बर्दिया राष्ट्रिय निकुञ्ज


विष्णु अधिकारी, बर्दिया । कोभिडका कारण सुनसान देखिएको बर्दिया राष्ट्रिय निकुञ्जमा आज भोली पर्यटकको चहलपहल बढ्न थालेको छ । तराईकै ठुलो बर्दिया राष्टिय निकुञ्ज जैविक विविधताले भरिपुर्ण छ ।

निकुञ्जमा यतिखेर आन्तरिक तथा वाह्य पर्यटकहरु आउन थालेका छन् । पर्यटक बढ्नुको मुख्य आर्कषक पाटे बाघ नै हो । ९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा स्तनधारी प्राणि, पंक्षी, घस्रने वन्यजन्तु र माछा अवलोकन गर्न पाईन्छ । बन्यजन्तुका लागि उपयुक्त वासस्थान मानिने बर्दिया निकुञ्ज पारिस्थितिकियसँगै आनुवांसिकिय विविधताले भरिपूर्ण भएकाले पनि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटनको आर्कषण बढ्दै गएको पाईन्छ ।

विशेष गरेर निकुञ्ज आउने पर्यटकले बाघ देखेरै जाने शिवपुर एकिकृत वन उपभोक्ता समितिका अध्यक्ष दिेपेन्द्र बहादुर बुढा बताउँछन् । पाटे बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज प्रख्यात छ । सन २०१८ को बाघ गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ रहेका छन् । सन् २०२२ को गणनामा बाघको संख्या बढ्ने अनुमान निकुञ्जको छ । कर्णाली, गेरुवा र बबई नदिको विचमा रहेकोले बर्दिया राष्ट्रिय निकुञ्ज थप आर्कषक देखिने गरेको छ ।

प्रभावकारी रुपमा बाघ संरक्षण गर्न सफल भएको बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षण क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । निकुञ्जमा ५५ भन्दा बढी स्तनधारी प्राणि, ३ सय ३४ भन्दा बढि पंक्षी, ४२ भन्दा बढि घस्रने वन्यजन्तु र १ सय २० प्रजातीका माछाहरु रहेकाले जैविक विविधताले सम्पन्न मानिन्छ । अन्य क्षेत्रभन्दा हराभरा र सुन्दरताले फरक पाएको बर्दिया राष्ट्रिय निकुञ्जमा काठमांडौबाट घुम्न आएका पर्यटक प्रेम डाँगीको भनाई छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्दा फरक अनुभुति पाएको उनले सुनाए ।

खप्तड राष्ट्रिय निकुञ्ज घुमेर बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएको र यहाँ त्यहाँको भन्दा फरक बस्तुगत स्थिती आफुहरुले पाएको अनुभुती उनको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक सौन्दर्यले भरिपुर्ण भएको र एउटा राष्ट्रिय निकुञ्जमा हुनुपर्ने सबै प्रकारको गुणले भरिपुर्ण रहेको डाँगीको भनाई छ । समुन्द्र सतह देखि अधिकतम उचाई १५ सय ६१ मिटर रहेको बर्दिया राष्ट्रिय निकुञ्ज भित्र २२५ किलोमिटर वनपथ रहेकोले निकुञ्ज भित्र वन्यजन्तु अवलोकन गर्न सहज रहको छ ।
बबइ उपत्यकाको मनमोहक प्राकृतिक दृष्यले यस निकुञ्जलाई थप आर्कषण बनाएकै कारण पर्यटकहरु बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्नका लागि लालाहित हुने गर्दछन् ।

कोभिडका कारण बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटकिय गतिविधिमा पारेको नकारात्मक असर सुधार हुदै गएको बर्दिया राष्ट्रिय निकुञ्जले जानकारी गराएको छ । पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । हालसम्म १२ हजार भन्दा बढि पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियाहरु घुमी सकेका छन् । करिब ४५ हजार पर्यटकले निकुञ्ज कार्यालयको हाताभित्र रहेको प्रजनन केन्द्रको अवलोकन गरेको बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा धेरै भन्दा धेरै संख्यामा पर्यटक भित्राउनका लागि निकुञ्जको कोर एरियाहरुमा भ्यु प्वाइट तथा टावरहरु बनाउनुका साथै घासे मैदानहरुलाई व्यवस्थित बनाएका छौं । निकुञ्ज भित्र सोलार सिस्टमका मोटरहरु जडान गरि जनावरहरुलाई पानी पिउन र आहाल बस्नका लागि पानी पोखरीहरु निर्माण गरिएको छ । श्रेष्ठले भने निकुञ्ज भित्र बाघ, गैडा, हात्ति लगाएतका जनावरहरुलाई सहज रुपमा अवलोकन गर्नका लागि निकुञ्ज भित्र स्पोर्टहरु निर्माण गरेका छौं । बर्दिया राष्ट्रिय निकुञ्जले बबई भ्यालीमा पर्यटकको आर्कषण बढाउनका लागि काम भैरहेको र निकुञ्ज एरिया तराई क्षेत्रको साथै चुरे सँगपनि जोडिएको कारण विभिन्न मार्गहरुको विकास गर्दै लैजाने निकुञ्जको योजना रहेको बताए ।

विशेष गरि आन्तरिक तथा वाह्य पर्यटकहरु बाघ हेर्नका लागि आउने र धेरै जसो पर्यटकहरुले प्रत्येक दिन बाघ देखिरहेको हँुदा बाघ हेर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज आउन उनले आग्रह गरे । बर्दिया राष्ट्रिय निकुञ्जमा फ्रान्स, नेदरल्याण्ड र युके लगाएतका देशबाट पर्यटकहरु भित्रिएका छन् ।

तपाइको मत