fbpx

बर्दियामा करिव सवा लाख बालबालिकालाई टाईफाईडको खोप

बर्दियामा करिव सवा लाख बालबालिकालाई टाईफाईडको खोप


मुरली गोडीया, गुलरिया । बर्दियामा प्रारम्भिक प्रतिवेदन अनुसार १ लाख १६ हजार जना बालबालिकालाई टाईफाईड रोग बिरुद्ध खोप लगाइएको छ । यो भनेको ९६ प्रतिशत हो । बाँकी ४ प्रतिशत बालबालिकाले खोप नलगाउनुको कारण खोजी गरिरहेको बताउँदै नियमित दादुरा खोप संगै यो खोप पनि लगाउन स्वास्थ्य कार्यलय बर्दियाले अनुरोध गरेको छ ।

सरकारले देशैभरी टाईफाईड रोग बिरुद्ध बालवालिकालाई खोप अभियान शुरु गरेको थियो । बालवालिकालाई टाईफाईडमुक्त बनाउने अभिप्रायले अभियान शुरु गरेको हो । नजिकिँदो निर्वाचन, कोभिड बिरुद्धको खोप अभियान, एसईई परिक्षा लगायत शैक्षिक शत्रको दोसाँधमा खोप अभियान राखिएपछि बर्दियामा चैत्र २३ गते देखी २७ गते सम्म अभियान संचालन गरियो ।

गुलरियाको श्री महाकवी देवकोटा माध्यमिक विद्यालयका बालबालिकाहरुलाई खोप लगाएर अभियान शुभारम्भ गरिएको थियो । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुले खोप सामाग्री र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले खोप कार्ड हस्तान्तरण गर्दै अभियानको शुरुवात गर्नु भएको थियो । चैत्र २५ गतेदेखि ०७९ वैशाक १८ गते सम्म टाईफाईड रोग विरुद्धको खोप अभियान तालिका तय गरिएको भएपनि बर्दियामा चैत्र २३ देखि खोप अभियान शुरु गरिएको हो । १५ महिना माथी देखि १५ बर्ष मुनीका बालवालिका खोपका टार्गेट हुन् ।

विद्यार्थीहरुको परिक्षा नजिकिनु र विद्यालय बन्द हुने महिनामा अभियान संचालन गर्दा विद्यार्थी बालवालिकाहरु नभेटिने हुन्की भन्ने चिन्ता पनि छ । अभियानका लागि ५ सय ४९ जना स्वास्थ्यकर्मी र १ हजार ९८ जना स्वयंसेवक परिचालन गरिएको छ । बर्दियाका ८ वटै पालिका गरी ३ सय ८९ वटा विद्यालयहरु छन् । २ सय ७४ वटा विद्यालयहरुमा खोप केन्द्र र ८० वटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्रका रुपमा तोकिएको थियो ।

तपाइको मत