fbpx

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रवल जनसेवाश्री पदकबाट विभूषित

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रवल जनसेवाश्री पदकबाट विभूषित


मुरली गोडिया, गुलरिया । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरी प्रवल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख गिरीलाई उक्त पदकबाट विभूषित गरेकी हुन् ।

गत असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएपनि वितरण भने नयाँ वर्षको सुरुवातको दिन बिहीबार गरिएको छ । स्वास्थ्य सेवामा ३० वर्ष ५ महिनाको सेवा अवधिमा प्रवल जनसेवाश्री पदकबाट विभूषित हुने अवसर प्राप्त भएको प्रमुख गिरीले फेसवाल मार्फत जनाएका छन् ।

यस खुशीको अवसरमा सधैं सहयोग गर्ने स्वर्गिय जीवन संगिनी रम्मा भारती प्रति उच्च सम्मान व्यक्त गरेका छन् । कोरोना महामारीका कारण गत वर्ष प्रमुख गिरीले आफ्नो जीवन संगिनीलाई गुमाएका थिए । कोरोना महामारी रोकथाम तथा व्यवस्थापनमा स्वास्थ्य कार्यालयका प्रमुख गिरी सक्रियतासाथ भुमिका निर्वाहगर्दै आएका छन् ।

तपाइको मत