निर्वाचन नजिकिएसँगै होटल तथा छापाखानाको कारोबार बृद्धि
- आइतबार बैशाख ४ , २०७९
ऋषि वाग्ले, राजापुर । कोभिडले छिया छिया पारेको अर्थतन्त्र सहजै रुपमा फर्कन त समय लाग्ने नै छ । देशमा सन्चालनमा आएका पेशा व्यवसायहरु कठिन परिस्थितीबाट गुज्रीदै गर्दा स्थानिय चुनावको मुखमा आएर होटल एवं छापाखाना व्यवसायी हरुको मुखमा मुस्कान फर्किन लागेको छ ।
देश चुनावी माहौलमा होमिदै गएको छ । त्यसका लागी प्रायजसो राजनितिक दलहरु गाउँ बस्ती सम्म पुग्न थालेका छन । केहि हप्ता पहिला बैशाख ३० मा चुनाब हुन्छ वा हुँदैन भन्ने शंका भएतापनि हाल गाउँगाउँ, टोल टोलमा बिभिन्न पार्टिको सभा भेला हेर्दा चुनाब नजिकिएको भान भइ रहेको छ । लामो समय देखी थला परेको होटल व्यवसाय पनि पुनः चलायमान हुन थालेको छ ।
बारबर्दिया नगरपालिका स्थित होमस्टे संचालक सिर्जना चौधरी भन्नुहुन्छ बिभिन्न पार्टीका कार्यकर्ता हरुले नाश्ता एवम् खाना खाइदिदा होटल व्यवसायी लाइ लयमा फर्कन सजिलो भएको छ । कोरोना कालमा होटल नजिक पर्न डराउने मान्छे हरु अहिले हुलको हुल पार्टिको भेला सकेर होटल पस्न थालेका छन । यसरी लामो प्रतिक्षा पछि आफ्नो होटल व्यवसायमा चहल पहल फर्किदा हामी व्यवसायीहरु खुशी छौं । पाहुनाहरु आउन थालेपछि बैकं लगायतका ठाउँमा तिर्नु पर्ने साँवा तथा ब्याज तिर्न पनि सहज भएको चौधरीको भनाई छ ।
कोरोना र त्यसपछिको आर्थिक मन्दिले नछोएको कुनै पेशा व्यवसाय छैन । स्थानिय चुनावको घोषणाले लगभग सबै व्यवसाय पेशामा भएकाले प्रत्यक्ष अप्रत्यक्ष लयमा फर्कन शुरु गरेका छन । कोरोनाको मार सहेको छापाखाना हरुले पनि राम्रो काम पाएका छन । यतिखेर चुनावी प्रचारका लागि टिसर्ट, पोस्टर, व्याच, व्यानर, पम्पलेट छाप्न भ्याइ नभ्याइ भएको छापाखाना ब्यवसायी राजकिरण थारुको भनाई छ । देशमा अहिले तरलता को समस्या छ ।
युवा एवं व्यवसायीले कुनै पेसा गर्छु भन्दा पैसा पाइ रहेका छैनन । चारै तिर वेरोजगारी छ । बल्ल तल्ल उत्पादन गरेको खाद्य बस्तु नबिकेर होस वा बारीमै कुहिएर किसान दुखित भएको बेला होटल एवं छापा व्यवसायीले काम पाउदा उनिहरु सगं आश्रित अरुलाइ पनि लयमा फर्कन सहज भएको थारुले बताउनु भयो ।