मोटरसाइकल ठोक्किँदा बर्दियामा एकको मृत्यु तिन घाइते
- आइतबार बैशाख ४ , २०७९
हरि गुरुङ्ग, मधुवन । बर्दियामा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएक छ्न । शनिबार बाँसगढी नगरपालिका वडा नंवर ८ पिसीओ चोकमा पश्चिमबाट पुर्व जादै गरेको से.७ प. ५६९० नम्ंवरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउदै गरेको भे.६ प. ५०२२ नंवरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
र्दुघटनामा परी ठाकुरबाबा नगरपालिका वडा नंवर १ भुरिगाँउ बस्ने ५० बर्षका कर्ण बहादुर थापाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गम्भीर घाइते सोही ठाउँ बस्ने ३५ बर्षिया चन्द्रा थापाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।
बझाङ्ग गाउँपालिका वडा नंवर ८ बस्ने अन्दाजी २० बर्षका नरदेव जोशीको कौसल्या अस्पतालमा उपचार भईरहेको छ र अर्का एक जना सोहि ठाउँमा बस्ने अन्दाजी २० बर्षका विशाल जोशी डिस्चार्ज भई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनु भएको छ ।