गुलरियामा स्वतन्त्र उम्मेदवारी दिनेलाई विप्लवको सर्मथन
- आइतबार बैशाख ४ , २०७९
पदम बहादुर टमटा, बर्दिया । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटिको १२ औं पूर्ण वैठक बसी निर्णायक छलफल सहित अहिलेको राजनितिक अवस्था, राष्ट्रघाती एमसीसी र हालसालै आउन लागेको स्थानिय तहको निर्वाचन बारे समसामाहिक छलफल गरी महासचिव विप्लवको राजनितिक दस्तावेज र सर्कुलर सर्वसम्मत पारित भएकोले यसमा नेपाली जनताले कुनै शंकाको विषयमा नलिन अनुरोध गर्दछु । केन्द्रिय कमिटिको वैठक सकिए लगत्तै बर्दिया जिल्लाको छैठौं पूर्ण वैठक फाल्गुन २४ गते सम्पन्न भएको हो ।
केन्द्रको सर्कुलर अनुसार निर्वाचन उपयोग गर्ने विषयमा एमसीसीका विपक्ष, राष्ट्रसेवक, देशभक्त, समाजसेवी र ईमान्दार ब्यक्तीहरु स्वतन्त्र उम्मेदवारी दर्ता गराएर आउन चाहान्छन् भने यसमा हाम्रो सहयोग र सर्मथन रहने विश्वास ब्यक्त गर्दछौ । समग्र गुलरिया नगरपालिका भित्रका १२ वटा वडा र नगरमा देशप्रति मायाँ राख्ने त्यस्ता हाम्रा शुभचिन्तकहरु स्वतन्त्र उम्मेदवारीमा दावी गर्न सक्नु हुनेछ ।
स्वतन्त्र उम्मेदवारी दिनेमा हाम्रो संगठन भित्र त्यस्ता ईमान्दार साथीहरु जो जनताको मतलाई कदरगर्दै आफ्नो पोष्टमा विजय प्राप्त गरी संसदीय ब्यवस्थाको पर्दाफास र भण्डाफोर गर्न स्वतन्त्र उम्मेदवारीबाट सत्तामा छिरेर जन लहर बढाउँदै ब्यवस्था परिवर्तनको पूर्व तयारी गर्न सक्नु हुन्छ । गुलरिया नगरपालिकाका १२ वटै वडामा स्वतन्त्र उम्मेदवारीबाट चुनाव उपयोग गर्न चाहानुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी गुलरिया नगर कमिटिमा सम्पर्क राख्न सकिने छ ।
उम्मेदवारी बारे सल्लाह सुझाव पार्टीले दिनेछ । नगरमा स्वतन्त्र उम्मेदवारी दिनेलाई हाम्रो सहयोग र समर्थन रहने छ । स्वतन्त्र उम्मेदवारी दिएर सरकारमा सामेल भएको अवस्थामा संसदवादमा छिरेको महशुस नगर्न सबैमा अनुरोध गर्न चाहान्छु । टमटा, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) नेतृत्वको गुलरिया नगरपालिका ईन्चार्ज हुनुहुन्छ । सम्पर्क नम्वर : ९८४८३१७२२१ ।