fbpx

बालविवाह प्रभावितलाई सिलाईकटाई तालिमसंगै मेसिन

बालविवाह प्रभावितलाई सिलाईकटाई तालिमसंगै मेसिन


मुरली गोडिया, बर्दिया । बर्दियामा बालविवाह तथा घरेलु हिंसाबाट प्रभावित महिलाहरुका लागी सिपमुलक तालिम दिइएको छ । दलित महिला उत्थान संघ बर्दियाद्वारा संचालित “बालविवाह तथा चाँडै हुने विवाह न्युनिकरण परियोजना” मार्फत महिलाहरुलाई सिलाई कटाई तालिम संगसंगै सिलाई मेसिन उपलब्ध गराईएको हो ।

विविध कारणले वालविवाह गरि समास्या भोगेका प्रभावित महिला, विपन्न समुदाय, दलित सिमान्तकृत महिलालाई लक्षित गरि उक्त तालिम तथा सिलाई मेसिन प्रदान गरिएको परियोजनाकी संयोजक जीरा वि.क.ले जानकारी दिइन् । गुलरिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका गरि ११ वटा वडाहरुमा परियोजनाले कार्यगर्दै आएको संस्थाले जनाएको छ । परियोजनाले ११ जना महिलाहरुलाई फरक फरक समयमा अन्य तालिम समेत दिएको छ ।

परियोजना मार्फत संस्थाले सिलाई कटाई तालिम तथा सिलाई मेसिन ८ जनालाई प्रदान गरेको छ । त्यस्तै ३ जना महिलालाई खाजा नास्ता बनाउने तालिम र १ जनालाई ब्युटिपार्लर सम्बन्धि तालिम दिइएको संयोजक वि.कको भनाई छ । कम उमेरमा विवाह गरि समस्यामा परेका महिला, घरेलु हिंसाबाट प्रभावितलाई विशेष प्राथमिकता दिई तालिम दिइएको जनाइएको छ । दलित महिला उत्थान संघ बर्दिया द्वारा संचालित बालविवाह तथा चाँडै हुने विवाह न्युनिकरण परियोजना सन् २०२० जुन महिना देखी सन् २०२२ जुन सम्म बर्दियाका ३ वटा स्थानिय तहमा संचालन भइरहेको संस्थाले जनाएको छ ।

तपाइको मत