fbpx

बर्दियामा करिव सवा ३ लाख मतदाता

बर्दियामा करिव सवा ३ लाख मतदाता


चुरेकुञ्ज, बर्दिया । निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनका लागी बर्दियामा मतदाता सख्या सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा कुल ३ लाख ११ हजार ४ सय १० कायम भएको छ । जसमा पुरुष १ लाख ५२ हजार ७ सय ४२ र महिला १ लाख ५८ हजार ६ सय ६२ छन भने अन्य ६ जना कायम भएको छ ।

बर्दिया जिल्लाको ८ वटा पालिका मध्ये गेरुवा गाउँपालिका मा सबै भन्दा कम २५ हजार ७ सय ६१ जना मतदाता छन भने बारबर्दिया नगरपालिकामा सबै भन्दा बढि ४९ हजार ५ सय ३६ जना मतदाता रहेका छन् । यसै गरी जिल्ला भरी १५३ वटा मतदान स्थल रहने छ भने ३७१ वटा मतदान केन्द्र रहने छ ।

यसै गरी बर्दियामा भएका राष्ट्रिय दलको मान्यता प्राप्त गरेका ६ वटा र नगरेका २० वटा दल सुचिकृत भएकाले स्वतन्त्र बाहेक २६ वटा दलले स्थानिय निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन अधिकृत कृष्ण बहादुर कुँवरले बताउनु भएको छ ।
निर्वाचन आयोगले जिल्ला न्यायाधिश प्रमुख निर्वाचन अधिकारी हुने गरी ७७ जिल्लाको लागी र देशै भरीका पालिका मा उपसचिव वा सरहका व्यक्तिलाइ निर्वाचन अधिकारी तोकिसकेको छ ।

तपाइको मत