बलात्कृत मृतक बालिकाको प्रमाणनष्ट
- आइतबार फाल्गुण २ , २०७७
यादव आचार्य, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ३ खुरखुरे फाँटाकी १२ बर्षिया बालिका सुमित्रा वि.कको भारतको विहारराज्य अन्र्तगत मोतिहारी जिल्लाको चैनपुर भन्ने स्थानमा माघ ८ गते बलात्कारपछि हत्या भयो । घटनाको प्रमाण मेटाउन अपराधमा संलग्न ब्यक्तीहरुले जर्वजस्ती दबाब दिदै बालिकाको शवलाई जलाउन लगाएको पिडित परिवारको आरोप छ ।
बारबर्दिया नगरपालिका वडा नम्वर ६ मा अवस्थित श्री नवज्योति आधारभुत विद्यालयको कक्षा २ मा अध्ययनरत बालिका कोभिड महामारीमा विद्यालय बन्द भएको बेला असोज महिनामा आमावुवासँगै भारत गएकी थिईन् । बालिकाका बाबु खड्ग बहादुर वि.क. ८ बर्ष देखि विहारको चैनपुर स्थित बजारमा चौकीदारका रुपमा कामगर्दै आएका छन् । बर्दिया खुरखुरे स्थित सुकुम्वासी वस्तीमा वस्दै आएका दलित परिवारमा एक्कासी बज्रपात आईपरेपछि परिवारसँगै सिंगो बर्दिया शोकमा डुवेको छ ।
दिउँसो भाडामा बस्दै आएको कोठामा घटना भएर छोरीको मृत्यु भएपछि वि.क. परिवार यतिखेर गम्भीर पिडामा छन् । घटना लगत्तै कोठामा मृतक वालिकाको भाई आई चुक्कुल खोलेर हेर्दा बहिनीको अवस्था देखेर वेहोस भए । खड्ग बहादुरले छोरीको अवस्था थाहा पाएपछि तुरुन्त अस्पताल पुर्याएपनि छोरीलाई बचाउन सकेनन् । घटना थाहा पाएपछि विहारमा वस्दै आएका केही आफन्तहरु त जम्मा भए तर घटनाको बारेमा सत्य थाहा पाउन सकेनन् । घरवेटी लगायत उनका आफन्तहरुले वालिकाको शव जलाउन दवाव दिएपछि डरत्रास र धम्कीमा उनीहरुले बस्दै आएको डेरादेखि करिव १ सय मिटरको दुरीमै स्थानियकै सहभागीतामा शव जलाउन बाध्य बनाईयो । अन्त्येष्टिमा संलग्न मृतकका भिनाजु नवलसिंह विकले बताए । घटनाको कुनैपनि प्रमाण राख्न पाएनौ । चैनपुर थानाका थानेदार र घरवेटीका आफन्त विच घटना दबाउन भएको फोन वार्ताको अडियो वाहिरिएपछि घटना भाईरल भयो । भारतीय मिडियाहरुले पनि बलात्कारको घटनाभन्दै महत्व दिएको छ । उनले भने मोतिहारी जिल्ला एसपीले पिडितको निवेदन दर्ता भएपछि तत्काल थानेदारलाई निलम्बन गरेका छन् । विहार प्रहरीले घटनामा संलग्न आरोपमा २ जनालाई पक्राउ गरेको र फरार ९ जनाको खोजी शुरु गरेको छ । भारतीय प्रहरीले घटना स्थल अनुसन्धान शुरु गरेको विकले प्रष्ट्याए । प्रवासमा नेपाली बालिकाको वलात्कारपछि भएको हत्याको यथार्थ छानविन हुनुपर्छ । उनले दोषीलाई हदैसम्मको कारवाहीको माग गरे । न्यायका लागि दबाब दिन सबैलाई उनले अनुरोध गरेका छन् ।
घटनाको प्रमाण नष्ट
बालिको मृत्यु रहस्यमय देखिन्छ । चुक्कुल लगाएको कोठा भित्र बालिकाको मृत शरिर भेटिएको छ । वालिकाको खुट्टाको एउटा वाहुला खोलिएको अवस्थामा थियो, घाँटीमा निलडाम देखिएको र छिटो छिटो शव जनाउन स्थानियले दिएको दवावबाट पनि घटना घटाईएको प्रष्टिन्छ मृतककी दिदि लक्ष्मीदेवी विकले भनिन् । वहिनिको मृत्युपछि आमावुवालाई पनि डरत्रास र धम्की दिईएको छ ।
मृतक वालिकाको शव मृतककी नेपाल भएकी आमा आएपछि जलाउने भन्दा पनि भारतका घरवेटी लगायत उनका आफन्तहरुले मानेनन् । वालिकालाई जलाएपछि त्रासले नेपाल फर्किएका आफन्त कर्ण बहादुर सोनीले भने उल्टै घरवेटीले अर्कोदिन कोठा खाली गराए । खाली कागजमा मृत्युका बारेमा हस्ताक्षर गराएर शव जनाउन लगाए । पछि खाली कागजमा चिसोका कारण वालिका मरेको भन्ने लेखिएको थियो । सोनीले थपे स्थानियको दबाबले आफूहरु निरिह बन्नु पर्यो । प्रमाणहरु राख्न पाएनौ ।
विहारमा भएको घटनाले बर्दियावासीलाई पिडित बनाएको छ । घटना निन्दनिय रहेकोले भारत सरकारलाई चाँसोका साथ न्यायदिन बारबर्दियाको खुरखुरे पुगेका पूर्व सिंचाई मन्त्री संजय कुमार गौतमले माग गरे । पिडितलाई न्याय नदिने गरी घटना घटाईएको छ । उनले थपे सरकारले भारतसँग समन्वयगर्दै पिडित दलित परिवारलाई न्यायका लागि तत्काल पहल गर्नुपर्छ । भारतको विहारमा नेपाली वालिका माथी भएको वलात्कारपछिको हत्याको घटना अक्ष्यम्य छ । नेपाल सरकारले तत्काल पहल गरी सुकुम्वासी परिवारलाई तत्काल न्याय दिलाउनु पर्छ गौतमले भने ।