राजापुरमा युनिकको छात्रबृत्ती वितरण
- मंगलबार चैत २९ , २०७८
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगपालिकामा युनिक नेपालले छात्रवृत्ति वितरण गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत १० जनालाई दीर्घकालीन र ५० जनालाई अल्पकालीन छोटो अवधीको छात्रवृत्ति रकम प्रदान गरिएको हो । गरिब तथा जेहेन्दार, अनाथ वालवालिकालाई युनिक नेपालले राजापुर नगरपालिका वडा नं. २ वालावजारमा एक कार्यक्रम गरी विद्यार्थीहरुलाई १० हजार र ८ हजार छात्रवृत्ति रकम प्रदान गरेको जनाएको छ । छात्रवृत्ति रकम प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व भूमिसुधार मन्त्री तथा युनिक नेपालका संरक्षक गोपाल दहितले आजको युग शिक्षाको भएको बताउुन भएको छ ।
नपढेको मान्छेले जीवनलाई उज्यालोपार्दै आत्मनिर्भर बनउन नसक्ने उहाँको भनाई छ । युनिक नेपालले दिएको छात्रवृत्तिलाई विद्यार्थीहरुले सदुपयोगगर्दै आउने दिनमा थप प्रगति गर्न छात्रवृत्तिको महत्व रहने प्रष्टपार्नु भयो । उच्च शिक्षा हासिल गरेपछि आफुभन्दा पछि आयआर्जन गरेर आफुहरुले पनि छात्रवृत्ति दिने हुनु पर्ने वताउनु भयो । कार्यक्रमको समापन गर्दै युनिक नेपालका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष पिरिम बहादुर थारुले ८ कक्षादेखि १२ कक्षासम्मको पढाईमा उत्कृष्ट र गरिब तथा जेहेन्दार अनाथ असहाय विद्यार्थीहरुलाई दीर्घकालीन रुपमा छात्रवृत्ति पाउने विद्यार्थीहरुले अझैँ धेरै मेहनत गर्नु पर्ने वताउनु भयो ।
विद्यार्थीहरुलाई छात्रवृत्ति दिने मात्रै नभएर वालवालिकालाई अनुशासन, लागुऔषध नियन्त्रण, वालविवाह न्यूनीकरण नमूना गाँउ निर्माण लगायतका काम गर्ने वताउदै कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रममा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी संस्थाका पदाधिकारीहरु, पत्रकार समाजसेवी बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।