fbpx

कोभिड–१९ पूर्वतयारी परियोजनाबारे अभिमुखीकरण

कोभिड–१९ पूर्वतयारी परियोजनाबारे अभिमुखीकरण


मुरली गोडिया, गुलरिया । कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य परियोजनाबारे जिल्लाका सरोकारवाला निकायलाई जानकारी गराइएको छ । बर्दियाको गुलरिया नगरपालिकाका १२ वडा र राजापुर नगरपालिकाका १० बटै वडामा उक्त परियोजनाले संचालन गर्ने गतिविधिबारे अभिमुखीकरण गराईएको हो ।

नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्र्रदेश शाखाको समन्वयमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाईटीको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी बर्दिया जिल्ला शाखाले कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य परियोजना संचालन गरेको परियोजनाका फोकल पर्सन विवश कुँवरले जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गीरीले जिल्लमा कोभिड १९ को वर्तमान अवस्था बारे जानकारी गराए ।

पछिल्लो समय कोभिड १९ विरुद्धको खोप शतप्रतिशत मात्रामा लगाउन नसकेका नागरिकलाई खोपको सहज पहुँचका लागी स्थानिय जनप्रतिनिधी, महिला स्वास्थ्य स्वंयसेविका तथा सरकोकारवाला निकायले पहल गर्न आवश्यक रहेको गिरीको भनाई छ । कोरोना परिक्षणका लागी आवश्यक कीट तथा खोप जिल्लामा पर्याप्त मात्रामा उपलब्ध रहेकाले खोपका लागी जनस्तरबाटै चाँसो राख्नुपर्नेमा गीरीले जोड दिए । खोपबारे बोल्दै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले नेपाल सरकारको महंगो पर्ने खोपलाई सहि सदुपयोग गर्न निर्देशन दिए ।

हरेक नागरिकलाई खोपको आवश्यकता रहको बताउँदै उनले सवै स्थानियतह तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले खोपको सवै मात्रा नागरिक समक्ष लग्न अवश्यक रहेको बताए । परियोजनाका फोकल पर्सनले बिबश कुंवरले बर्दिया रेडक्रसले प्रदान गरिरहेको सेवाको जानकारी दिदै कोभिड–१९ मा हाल सम्म गरेका गतिविधी बारे प्रष्ट पारे । हाल सम्म पनि खोप नलगाएका वा पहिलो डोज लगाएर दोस्रो डोज खोप नलाएका व्यक्तिहरुको उचित पहिचान गरि उनिहरुलाई खोप केन्द्र सम्म पुर्याई सबैलाई खोप लगाई सत प्रतिशत लक्ष्य हासिल गर्ने बताए ।

कोभिड– १९ का कारण उत्पन्न मनोसामाजीक समस्यालाई कम गर्न आवश्यक रहेको कुंवरको भनाई छ । नेपाल रेडक्रस सोसाईटी बर्दिया शाखाका सभापति कृष्ण प्रसाद गौतमको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै गौतमले रेडक्रसले संचालन गरेको विपद् तथा सेवाबारे जानकारी गराए । रेडक्रसले संचालन गरेको परियोजना बारे सवैपक्षलाई जानकारी तथा आवश्यक सल्लाह अनुसार कार्य गर्ने र ३ महिना पश्चात परियोजनाको अन्तिम जानकारी गराइने बताए । उक्त समन्वयत्मक कार्यक्रममा स्थानिय जनप्रतिनिधी, गुलरिया र राजापुर नगरपालिकामा कार्यरत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

तपाइको मत