fbpx

स्वर्गिय अजय श्रेष्ठ स्मृती कप क्रिकेट प्रतियोगिता शुरु

स्वर्गिय अजय श्रेष्ठ स्मृती कप क्रिकेट प्रतियोगिता शुरु


विष्णु अधिकारी, गुलरिया । गुलरिया नगरपालिका वडा नं. ४ मा रहेको खेल मैदान कभर्ड हलमा विहिवार देखि स्वर्गिय अजय कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको संयोजन र स्व. श्रेष्ठका परिवारको आर्थिक सहयोगमा क्रिकेट खेल शुरु भएको हो ।

गुलरिया नगरपालिका वडा नं. ८ निवासी अजय श्रेष्ठको स्मृतीमा प्रत्येक वर्ष क्रिकेट खेलको आयोजना हुने स्वर्गिय अजयका दाजु अनिल श्रेष्ठले जानकारी दिएका छन् । गुलरिया निवासी श्रेष्ठ बैदेशिक रोजगारको सिलसिलामा माल्टामा कार्यरत थिए । कामकै सिलसिलामा २०७८ फागुन ४ गतेका दिन सडक दुर्घटनामा मृत्यु भएको थियो । उदघाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रिय कोषाध्यक्ष रोशन कुमार सिंहले बर्दियामा क्रिकेट खेललाई अगाडी बढाउन आफुले सक्दो सहयोग गर्ने बताएका छन् ।

खेलाडीहरुलाई एक आपसमा मिलेर अनुशासित भएर खेल खेल्न आग्रह गरे । बेला बेलामा क्रिकेट खेलको आयोजना गर्नाले अनुशासित तथा लगनशील खेलाडिहरु उत्पादन गर्न सजिलो हुने उनले बताएका छन् । कार्यक्रममा नेपाल क्रिकेट संघ लुम्विनी तथा कर्णाली प्रदेशका अध्यक्ष दुर्गा बहादुर थापाले खेलमा भाग लिएका खेलाडिहरुलाई अनुशासित र मर्यादित भएर खेल खेल्नुपर्ने बताएका छन् । थापाले अजय श्रेष्ठको नाममा प्रत्येक वर्ष परिवारले क्रिकेट खेल आयोजना गर्ने हुँदा अजय श्रेष्ठको भौतिक शरिर हामी माझ नभए पनि सबैको मानसपटलमा अजय सधै सम्झिरहने पात्र भएको बताए ।

अजय स्मृती कपले सयौं अजयहरु जन्मिने भएकाले खेलका माध्यमबाट अजय मानस पटलमा ताजा रहेको प्रष्ट्याए । क्रिकेट खेलमा ४ वटा विद्यालयका टिमले भाग लिएको अजय स्मृती कपका आयोजक अनिल श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठ परिवारले क्रिकेट खेल चैत्र २४ देखि २८ गते सम्म संचालन हुने बताएका छन् । क्रिकेट खेलमा विजेता हुने टिमलाई ५१ हजार, उप विजेता टिमलाई २६ हजार नगदका साथै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई पनि पुरुस्कार तथा प्रमाण–पत्र प्रदान गरिने खेलका आयोजक श्रेष्ठ परिवारद्वारा जनाईएको छ । स्वर्गिय अजय श्रेष्ठ क्रिकेट खेलका खेलाडी भएकाले पनि उनको स्मृतीमा प्रत्येक वर्ष गुलरियामा क्रिकेट आयोजना हुने भएको छ ।

तपाइको मत