fbpx

एमाले प्रवेश गरेका जनप्रतिनिधिको सदस्यता काँग्रेसले हटायो

एमाले प्रवेश गरेका जनप्रतिनिधिको सदस्यता काँग्रेसले हटायो


मुरली गोडिया, गुलरिया । नेपाली कांग्रेसबाट गुलरिया नगरपालिकाको नगर उपप्रमुख पदमा निर्वाचित सुशिला गीरी र वडा नम्वर ६ का वडा अध्यक्ष निरज शर्मालाई पार्टीको साधारण सदस्यबाट हटाएको छ । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्य समिती बर्दियाले विज्ञप्ती जारीगर्दै गुलरिया नगरपालिकामा कायम रहेको उपप्रमुख पद स्वतः रिक्त हुने गरी सदस्यताबाट हटाएको हो ।

नेपाली कांग्रेसका जिल्ला सचिव जग्गा प्रसाद पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा राजनितिक दल सम्बन्धि ऐन २०७३ को दफा ३१ को देहाय २ बमोजिम र नेपाली काँग्रेस संशोधन सहितको विधान २०१७ को धारा १३ (ख) (घ) वमोजिम पार्टीको सदस्यताबाट हटाउँदै निर्वाचित गुलरिया नगरपालिकाको उपप्रमुख पद चैत्र २४ गतेदेखि स्वतः रिक्त भएको उल्लेख गरिएको छ ।

तपाइको मत