माइती नेपालको स्थापना दिवसमा विद्यार्थीलाई सचेतना
- शुक्रबार चैत २५ , २०७८
मुरली गोडिया, गुलरिया । माइती नेपालले ३० औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । विगत २९ वर्ष देखी मानव बेचविखन तथा ओसारपसारको क्षेत्रमा कार्यगर्दै आएको माईती नेपालले नेपाली चेलीहरुको उद्धारसंगै पुर्नमिलन तथा परामर्श दिन सफल भएको छ ।
स्थापना दिबशको अबसर पारेर माइती नेपाल बर्दियाले गुलरियाको श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विधालयमा मानब बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रण सम्बन्धी विद्यार्थीलाई सचेतना जगाउने उद्धेश्यले अभिमुखीकरण गराएको छ । माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारणहरु, दलालले अपनाउने तौरतरिका, संम्भावित स्थानहरु, मानब बेचबिखनका प्रयोजनहरु, कानुनी ब्यबस्था लगायत विषयमा विद्यार्थीहरुलाई जानकारी गराएकी थिइन् ।
समय समयमा विद्यार्थीहरुलाई मानव वेचविखन बारे सचेतना जगाउन सके बिधार्थीहरुले नियन्त्रणका लागी भुमिका खेल्ने विद्यालयका प्रधानाध्यापक भेजेन्द्र थापाले बताए । परिवर्तनको संवाहक विद्यार्थीहरु नै भएकाले बिद्यालय स्तरका छात्राछात्रलाई ब्यबहारीक बिषय संग सम्बन्धित थप कार्यक्रमको अवश्यकता रहेको शिक्षक ठाकुर रेग्मी थापाले बताए । विद्यालयमा अध्ययनरत रक्षा भुजुवा, भारशि चौधरी र शिब ज्ञवालीले माइती नेपालले दिएको अभिमुखीकरणले सचेत रहन प्रेरणा मिलेको भन्दै सिकेका कुराहरु घर परिवार र समाजमा जानकारी गराए ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयमा कक्षा १० मा अध्ययनरत ८५ जना बिधार्थीहरुको सहभागीता जनाएका थिए । स्थापना दिवशकै अवसरमा माइती नेपाल बर्दियाले बगलामुखी स्कूलमा मानव बेचविखन रोकथाम सम्बन्धि सचेतना मुलक पर्चा पम्पलेटहरु चोकमा यात्रारत व्यक्तिलाई वितरण गरिएको थियो । गुलरियाको गणेशमान चोकमा दिप प्रजलन गरि ३० औं स्थापना दिवस मनाईएको माइती नेपाल बर्दियाकी संयोजक रिमालले जानकारी दिइन् ।