बर्दियामा नयाँबर्षको शुरुवातमा कृषि गणना शुरु हुने
- बिहिबार चैत २४ , २०७८
मुरली गोडिया, गुलरिया । बर्दियामा २०७९ बैशाख ६ गते देखी कृषि गणना कार्य शुरु हुने भएको छ । जिल्ला कृषी गणना कार्यलय बर्दियाले आयोजना गरेको सचेतना गोष्ठिमा सहजीकरणगर्दै कर्र्यालय प्रमुख दान बहादुृर ऐडीले गणना हुने बताउनु भएको हो ।
बर्दिया जिल्लाका २ सय ४ वटा स्थानहरु गणना क्षेत्रका लागी छनौट भएका छन । घरपरिवारले गरेको कृषी कार्य, संस्थाले. गरेको कृषी कार्य र वडा कार्यालयले संचालन गरेका कृषी कार्यको तत्याङ्क लिइने ऐडीले उल्लेख गर्नु भएको छ । जिल्लामा ७२ जना गणक र १२ सुपरिवेक्षक खटिने बताइएको छ । बैशाख ६ गते देखी जेष्ठ १९ गते सम्म गणकहरु स्थालगत रुपमा घरघर पुगी कृषककले गरेको कृषी कार्यको तथ्याङ्क लिने छन ।
गोष्ठमा बोल्दै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्लामा तथ्याङ्क संकलन गर्न गणकले विशेष ध्यान दिन अवश्यक रहेको बताउनु भएको छ । तथ्याङ्क जस्तो कार्य कृषकको घरपरिवारमा गणक पुग्दा सहज एवं सरल तरिकाले संकलन गरिएको तथ्याङ्कले योजना निर्माणमा सहयोग पुग्ने उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी बस्तोलाको अध्यक्षतामा भएको गोष्ठिमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्यले तथ्याङ्कक संकलन कार्यका लागी गणकलाई विशेष रुपले प्रशिक्षित गरि पठाउनु पर्नेमा जोड दिनु भएको छ । साथै कृषी गणना बारे आमनागरिकलाई सहजरुपले बुझाउन संचार माध्ययम मार्फत व्यापक प्रचारप्रसार गर्नुपर्ने अध्यक्ष आचार्यको भनाई छ ।