fbpx

माल्टामा दिवंगत भएका अजयको स्मृतिमा क्रिकेट प्रतियोगिता

माल्टामा दिवंगत भएका अजयको स्मृतिमा क्रिकेट प्रतियोगिता


चुरेकुञ्ज, गुलरिया । रोजगारीका क्रममा फागुन ४ गते माल्टामा मृत्यु वरण गरेका बर्दिया गुलरियाका स्वर्गिय अजय श्रेष्ठको सम्झनामा क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । क्रिकेट खेलमा जिल्लाकै अब्बल खेलाडी स्वर्गिय श्रेष्ठको क्रिकेटका लागि केही गर्ने अपूरो चाहाना पुरा गर्ने उद्देश्यले खेलको आयोजना गरिएको हो ।

विक्रम सम्वत ०४९ सालमा बर्दियाको गुलरियामा जन्मिएका अजय रोजगारीका क्रममा माल्टा पुगेका थिए । ड्युटीबाट फक्रिने क्रममा उनले सवारी र्दुघटनामा परी मृत्यु बरण गरेका हुन् । क्रिकेट प्रतिको लगाव र नेपाल फर्केपछि नेपाली खेलाडीहरुलाई केही गर्छु भन्ने चाहाना ब्यक्त गरेको भाई घरफर्किन केही दिन बाँकी रहँदा अकल्पनिय घटना भयो स्वर्गिय श्रेष्ठका दाजु अनिल श्रेष्ठले बताउनु भयो । भाईको सपना पूरा गर्न क्रिकेट प्रतियोगिता आयोजना गरेका हौं । उहाँले भन्नुभयो भाईको सपना पुरा भएन तर हाम्रो परिवारले पूरागर्छौ । दिवंगत भाईको स्मृतिमा बर्षेनी खेलको आयोजना गर्ने पत्रकार सम्मेलमा उहाँले जानकारी गराउनु भएको छ ।

जिल्ला क्रिकेट संघ बर्दियाको सहकार्यमा चैत्र २४ गतेदेखि २८ गते सम्म गुलरियाको कवर्ड हलमा क्रिकेट प्रतियोगिता संचालन गरिने क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीले बताउनु भयो । लिक चरणमा हुने टी २० खेलमा ४ ओटा टिमले स्पर्धा गर्दैछन् । बर्दिया क्रिकेट एकेडेमी, ज्योति स्पोर्टस एकेडेमी बाँके, कोहलपुर स्पोर्टस एकेडेमी र ईन्डियन हन्टर बाबागञ्ज बहराईचका विच खेल हुने अध्यक्ष राजभण्डारीको भनाई छ । प्रतियोगिताको विजेता टीमलाई नगद ५१ हजार र उपविजेता टीमलाई २६ हजार रुपैया पुरस्कार घोषणा गरिएको छ । विहिवार हुने पहिलो खेलमा ज्योति स्पोर्टस एकेडेमी बाँके र ईन्डियन हन्टर बाबागञ्ज बहराईच प्रतिस्पर्धा गर्दैछन् ।

तपाइको मत