fbpx

राजापुरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

राजापुरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । राजापुर नगरपालिकाको वडा नं. २, ७ र ८ मा कोभिड १९ बाट बच्न आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

दलित महिला उत्थान संघ बर्दियाले विभिन्न वडामा रहेका स्वास्थ्य शाखाबाट माग गरिएका स्वास्थ्य सामग्रीहरु सम्बन्धित स्वास्थ्य केन्द्रहरुमै पुगेर सहयोग प्रदान गरेको छ । राजापुर नगरपालिका वडा नं. ७ मा स्वास्थ्य सामग्रीहरु हस्तान्तरणगर्दै संघकी कोषाध्यक्ष विवा विकले संघले स्थानीयलाई रोगबाट जोगाउन बर्दियाका विभिन्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै आएको वताउनु भयो ।

स्वास्थ्य केन्द्रमा आएका स्वास्थ्य सामग्री ग्रहणगर्दै स्वास्थ्यकर्मी सीता शर्माले कोभिड लागेपछि दलित महिला उत्थान संघ जस्तै थुप्रै संघ सस्थाहरुले सहयोग गरेको र त्यसबाट धेरैलाई सुरक्षित राख्न सहज भएकोभन्दै संघलाई धन्यवाद दिनु भएको छ । लुथरन वर्ड रिलिफको आर्थिक सहयोगमा वडा कार्यालयहरुलाई सेनिटाईजर, माक्स, भ्याक्सिन केरियर, गाउन गरी करिब १ लाख ५८ हजार ८५० बराबरको सामग्री हस्तान्तरण गरिएको कार्यक्रम अधिकृत विष्णु नेपालीले वताउनु भएको छ ।

तपाइको मत