fbpx

गुलरियाको बगलामुखी मंदिरमा श्रीमद्देवी भागवत ज्ञानयज्ञ

गुलरियाको बगलामुखी मंदिरमा श्रीमद्देवी भागवत ज्ञानयज्ञ


विष्णु अधिकारी, गुलरिया । चैत्रे नवरात्रीको अवसर पारेर बर्दियामा श्रीमद्देवी भागवत (नवाह) ज्ञान यज्ञ शुरु भएको छ । गुलरिया नगरपालिका वडा नं. ७ मा रहेको श्रीवगलामुखी भगवती मन्दिरको प्राङ्गणमा चैत्र १९ गते घटस्थापनादेखि २७ गते सम्म (नवाह) ज्ञान यज्ञ सुरु भएको छ ।

बगलामुखी भगवती मन्दिर परिसरमा निर्माण भईरहेको धर्मशाला अपूर्ण भएकाले पूर्णता दिनका लगि यज्ञगर्न लागिएको बगलामुखी मन्दिर व्यवस्थापन समितीले जानकारी गराएको छ । रामनवमीको घटस्थापनाको दिन शनिवार बाजागाजा, भजनसहित कलश यात्रा सहित गुलरिया बजार परिक्रमा गरि पूर्वाङ्ग तथा कथा प्रारम्भ गरिएको छ ।

चैत्र २० गते देखि २६ गते सम्म विहान ६ः०० बजे देखि नित्यपुजा, ७ः०० बजे देखि ११ः०० बजे सम्म मूल पाठ, अपरान्ह २ बजे देखि ५ बजे सम्म कथा प्रवचन, ५ः३० बजे आरती, साझँ ७ बजे देखि महात्म्य कथा तथा भजन कीर्तन गरिने बगलामुखी भगवती मन्दिर गुलरियाका मूल पुजारी पण्डीत सुकदेव दहालले जानकारी गराउनु भएको छ । यज्ञकै अवसरमा २६ गते सामुहिक ब्रतबन्ध तथा लक्ष्यवत्ति प्रज्वलन गरिने भएको छ ।

२७ गते पूर्णाहुती सहित यज्ञ विसर्जन गरिनुको साथै साझँ ४ बजे प्रसाद तथा भण्डारा गरिने वगलामुखी मंदिर नवाह समारोह मूलसमितिका संयोजक महेश घिमिरेले बताउनु भएको छ ।

तपाइको मत