fbpx

राजापुरमा टाईफाईड खोप अभियान सम्बन्धी अभिमुखीकरण

राजापुरमा टाईफाईड खोप अभियान सम्बन्धी अभिमुखीकरण


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा टाईफाईड रोग बिरुद्धको खोप सम्वन्धी अभिमुखीकरण गोष्ठि गरिएको छ । देशैभर एकैपटक शुरु गरिएको खाप अभियान बर्दियामा पनि शुरु हुँदैछ ।

कार्यक्रमलाइ सम्बोधनगर्दै प्रमुख अथिति उपप्रमुख मनकला चौधरीले विश्वमा बिभिन्न रोगहरु फैलिरहेको र सबैले सामना गर्नु परेकोभन्दै बढि बालबालीकाहरु टाइफइडबाट प्रभाबित हुने भएकाले सरकारले देशभर खोप कार्यक्रम सुरु गरेको बताउनु भयो । नगपालिकाले छिटै पुर्णखोप पालिका घोषणा गर्ने तयारी गरीरहेकोले सबै नागरिकहरुले सहयोगगर्दै पालिकामा सबै प्रकारका खोप निर्धक्क भएर लगाउन अनुरोध गर्नु भएको छ । अभियान अन्र्तगत १५ महिना देखी १५ बर्ष मुनिका कुनैपनि बालबालिकाहरुलाई नछुटाई खोप लगाउने गोष्ठीमा राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनु भएको छ ।

कार्यक्रमको सहजिकारणगर्दै स्वास्थ्य शाखा सहायक हरीलाल चौधरीले टाइफाइड भएको ब्याक्तीलाइ उच्च ज्वरो आउने झाडापखला हुने रातोपिरो अनुहार हुने वाकवाकी आउने जस्ता बिभिन्न लक्षण देखीने जानकारी दिनुभयो । ३ महिना सम्म टाईफाईडको जिबाणु शरिरमा बाँच्न सक्ने सरुवा रोग भएकाले दिसा, पिसाव बाट बढि सतर्क हुनुपर्ने बताउनु भयो । नेपालमा ४ लाख ५० हजार टाइफाइड संक्रमण दर रहेको कार्यक्रममा जानकारी दिईएको छ । राजापुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा बुधवारदेखी सुरुहुने टाइफाइड खोप कार्यक्रमलाई प्रभाबकारी बनाउन अभिमुखीकरण गोष्ठि गरिएको हो ।

तपाइको मत