fbpx

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु दुई जना घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु दुई जना घाइते


हरि गुरुङ्ग, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं.–२ ओराली बजार ठाकुद्वारा सडक खण्ड अन्तर्गत बन्तरिया भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने २ जना सामान्य घाइते भएका छ्न । ओराली बजारदेखि ठाकुरद्वारा जाने क्रममा ना. १६ प. ८२३४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

र्दुघटनामा परी ठाकुरबाबा नगरपालिका वडा नं.–३ गोदानाका मोटरसाइकल चालक २३ बर्षिय मनोज शाहीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरिक्षक राजन गौतमले बताउनु भयो । र्दुघटनाबाट मधुवन नगरपालिका वडा नं.२ फुलबारीका ४० बर्षिया पुष्पा शाही र डम्बर शाही घाईते भएका छन् । विहिवार भएको र्दुघटना पश्चात उपचारका लागी भेरी अस्पताल लगिएता पनि आर्थिक कठिनाईका कारण फिर्ता भएपछि विहिवार पुनः उपचारका लागी जिल्ला अस्पताल लैजादै गर्दा शाहीको मृत्यु भएको निरिक्षक गौतमले जानकारी दिनु भएको छ ।

तपाइको मत