fbpx

पृथ्वीको तापक्रम बढाउँदै डढेलो

पृथ्वीको तापक्रम बढाउँदै डढेलो

यादव आचार्य, गुलरिया । मानविय प्राकृतिक क्षतीका कारण उत्सर्जित हरितगृह ग्यास वायुमण्डलमा थुप्रिँदा बर्षेनी पृथ्वीको तापक्रम बढ्दो क्रममा छ । विकासशील राष्ट्रहरुको हठपूर्ण औद्योगिकरण मार्फत उत्पादित कार्वनको मार खेपीरहेको वायुमण्डमा बन डढेलोको धुवाँले चुनौती थप्ने गर्छ । कार्वन संचितिको भण्डार मानिने हरियो बनमै डढेलोको जोखिम बढेपछि संरक्षण क्षेत्रमा चिन्ता बढेको छ ।

बर्दिया डढेलो जोखिम जिल्ला मानिन्छ । ४० प्रतिशत बनक्षेत्र रहेको यहाँ निकुञ्ज, संरक्षित क्षेत्र, मध्यवर्ती लगायत सामुदायिक बन छन् । गत बर्ष बर्दियाको अधिकांस जंगल क्षेत्रमा बन डढेको लागेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममा संरक्षण अधिकृत डाक्टर रविन कडरियाले बताए । बर्दिया राष्ट्रिय निकुञ्जको ९ सय ६८ बर्गकिलोमिटर क्षेत्र मध्ये कर्णाली र बबई नदी तटीय क्षेत्र बाहेक निकुञ्जका सबै क्षेत्रमा डढेलो सल्कियो । डढेलोले कार्वनडाई अक्साईड लगायतका ग्यास उत्सर्जन गर्छ । जसले पृथ्वीको तापक्रम बढ्दै जलवायु परिवर्तनमा भूमिका पुग्छ । जसको दुरगामी असर भोग्नु पर्छ । कतिले जानी जानी डढेलो लगाउँछन् त कतिपय अवस्थामा झुक्किएर जंगलमा आगो लाग्ने गर्छ ।

डढेलोले ग्रिन हाउस ग्यास त उत्पादन गर्छ नै साना बन्यजन्तु र बनस्पतिलाई समेत नोक्सानी पुर्याउँछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने डढेलोबाट उत्पादित हरितगृह ग्यासहरुले पृथ्वीको तापक्रम बढाउँन मद्दत पुग्छ । डढेलो नियन्त्रणका लागि निकुञ्जले प्रयास गरिरहेको छ । समुदायमा डढेलो बिरुद्ध सचेतना, वनपथ, घाँसेमैदान, अग्नीरेखा सरसफाई अभियान अघि सारेका छौं । अधिकृत श्रेष्ठले थपे डढेलोबाट बनधनको क्षतीसँगै वातावरणीय प्रदुषणपनि बढेर जान्छ । सबैले सहकार्यगर्दै डढेलो नियन्त्रण गर्न अग्रसर हुनुपर्छ । चुरोटको सल्केको ठूलो, विद्युतिय तार सर्ट भएर तथा बालेर छाडेका आगोहरु फैलिएर बन डढेलो लाग्ने गरेको पाईन्छ ।

निकुञ्जमा मात्र होईन बर्दियाका सामुदायिक बन क्षेत्रपनि डढेलोबाट मुक्त छैनन् । गत बर्ष बर्दियाका २ हजार १ सय हेक्टर सामुदायिक बन क्षेत्रमा डढेलो लागेको डिभिजन बन कार्यालयका सूचना अधिकृत द्रोणराज शर्माले बताए । बर्दिया जिल्ला डढेलो प्रभावित जिल्ला भएकाले डढेलो नियन्त्रण दस्तापनि तयार पारेका छौं । बनक्षेत्रमा पतझड सरसफाई, फायर लाईन निर्माणगर्दै पतझड संकलन गरी प्रागारिक मल उत्पादन गरिएको छ । शर्माले भने डढेलो जोखिम क्षेत्रहरुमा अग्नि नियन्त्रक दस्ता गठन गरेका छौं । समुह, समुदायलाई सक्रिय बनाउँदै विभिन्न सचतनामूलक कार्य शुरु गरेका छौं ।

बर्दियामा डढेलोबाट बन जोगाउन अभियान शुरु गरिएको छ । डिभिजन बन कार्यालय बर्दियाले सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ (फेकोफन) बर्दियासँगको सहकार्यमा सचेतनात्मक कार्यक्रम शुरु गरेको छ । डढेलोबाट मानव बन्यजन्तुको क्षतीसँगै पर्यावरणीय क्षती समेत हुने डिभिजन बन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रविन विडारीले बताए । डढेलो नियन्त्रणमा समुदायको तदारुकता जरुरी छ । बन जोगाउन सामुदायिक बनका उपभोक्ताहरुको अहम भूमिका रहेकाले सबैमिलि बनलाई डढेलो मुक्त पार्न उनले अनुरोध गरे । बनलाई डढेलोमुक्त गर्न सके मानव बन्यजन्तु लगायत पर्यावरणको अस्तित्व जोगिने भएकाले बन जोगाउन सबैको हातेमालो हुनु पर्ने प्रमुख विडारीको भनाई छ । अन्नपूर्ण पोस्ट्बाट …

तपाइको मत