fbpx

श्रमीकको भावनात्मक श्रमलाई चुनावी घोषणा पत्रमा समावेश गर्न बर्दियाबाट शुरु गरौं : प्रविण राज गौतम (पि.एच.डि.स्कलर)

श्रमीकको भावनात्मक श्रमलाई चुनावी घोषणा पत्रमा समावेश गर्न बर्दियाबाट शुरु गरौं : प्रविण राज गौतम (पि.एच.डि.स्कलर)

गुलरीया न.पा, वडा नं. ६, बर्दिया, हालः यूनिभरसिटी अफ कम्वरल्याण्डस्, केन्टकी, अमेरीका । फेरी चुवाव आएको छ । सवैतिर राजनैतिक चहलपहल शुरु भै सकेको छ । राजनितिक बृत्तमा कुन कुन मुद्धा लिएर जनताको द्धारमा जाने भनेर धेरै छलफल भै राखेको अवस्था छ । सवैले पक्कैपनि आर्थिक, सामाजिक, र राजनितिक विकासका राम्रा राम्रा र ठुला ठुला कुरा पस्कने त संधै सवै राजनितिक दल र स्वतन्त्र उम्ेमदवारको परीपाटी नै हो । यस्तो राजनितिक मुद्धाहरु कति अनुसन्धान र विश्लेषण गरेर तय गरीन्छ भन्नेकुरा त्यो तय गर्ने राजनितिक पक्षहरुले नै जानुन तर नेपालमा सुनिदै नसुनिएको र जनशक्ति विकासको एक प्रमुख मुद्धा लाई लिएर सवै राजनितिक, सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रका विज्ञहरु तथा विशेष गरेर श्रमीकहरुलाई प्रनिनिधित्व गर्ने श्रम संगठनहरु, राजनितिक दलहरु र सरकारी पक्षहरुले वहस गर्ने र त्यसलाई व्यवस्थापन गर्न आवश्यक भै सकेको छ ।

सर्व प्रथम भावनात्मक श्रम भनेको के हो भन्ने कुरा बुझ्न जरुरी छ । करिव ४० वर्ष पहिले समाजशास्त्री डा. अर्ली होच्स्चिल्ड को किताव द मैनडेड हर्टमा पहिलो पटक यसको वारेमा लेखिएको थियो । त्यस कितावमा तिन फरक फरक तर सम्बन्धित शव्दहरु बाट परीभाषित भएको “भावनात्मक श्रम” मा प्रथम, “नियमको महसुस गर्नु” जसले काममा भावनात्मक मापदण्ड स्थापित गर्दछ र रोजगार दाताले श्रमिकसंग त्यसको अपेक्षा गर्दछ । दोस्रो “भावना व्यवस्थापन”,जसले श्रमीकको भावनाहरु लाई प्रतिवन्धित गर्नको लागि आवश्यक कार्य निर्धारण गर्दछ र तेस्रो “भावनात्मक श्रम” जुन रोजगारदाताले श्रमिकहरुलाई केहि भावनाहरु नियन्त्रण गरी कार्य गर्नको लागि वाध्य गर्दछ । यहां भावनात्मक श्रम भन्नाले त्यस्तो कामहो जर्हां एक व्यक्तिले आफ्नो भावनाहरु लाई नियन्त्रण गर्नुपर्ने महसुस गर्दछ तथा रोजगारदाताले ग्राहकको सेवा गर्ने कर्मचारीहरु अपमानजनक परिस्थितिमा पनि मुस्कुराउदै काम गर्नु पर्छ भन्ने माग राख्दछ भने त्यो भावनात्मक श्रम हो ।

मुस्कानको साथ सेवा गर्ने भन्ने नारा सेवा व्यवसायमा धेरै लोकप्रिय छ तर त्यस मुस्कानको पछाडि श्रमीकले भोगेको भावनात्मक श्रमको वारेमा कसैले कुरा गर्देन । त्यसकारण श्रमीकहरु आर्थिक, सामाजिक, मानसिक र पारिवारीक समस्याहरुबाट पिडित भएका छन् भन्ने कुराको हामिले विचार गर्ने बेला भै सकेको छ । विकसित देशहरुले यसको अध्ययन अनुसंन्धान गरी यसलाई उचित रुपमा व्यवस्थापन गर्न संयन्त्रको निर्माण गरीसकेका छन । नेपालमा धेरै ढिलो भै सकेको छ । सफल अर्थतन्त्रको लागि श्रमीकहरुकाको उचित सम्मान र उनिहरुको समस्यालाई राम्रो संग सम्बोधन गर्नु जरुरी हुन्छ किनभने वस्तु तथा सेवा उत्पादन र वितरणमा श्रमीकहरुको श्रम नै प्रमुख हो ।

हाल भर्खरै भारतमा सम्पन्न भएको चुनावमा आम आदमी पार्टीले किन आफ्नो स्थान बलियो बनाउदै गएको छ भन्ने कुरा हाम्रा नेता र राजनितिक दलले राम्रो संग बुझ्न जरुरी छ अन्यथा कांग्रेस आईले भोगेको परिस्थिति हाम्रो प्रमुख दलहरुले समेत भोग्न पर्ने अवस्था आउन सक्छ । आम आदमी पार्टीले आफुले गर्न सक्ने र जनताले भोगेको सामान्य समस्याहरु समाधानको चुनावी मुद्धा बनाएर जनता समक्ष जांदा आज बलियो पार्टी हुने बाटोमा अगाडि बढि सकेको कुरा हाम्रो माझ छर्लङ्ग छ । मैले यो उदाहरण यहां प्रस्तुत गर्नाको प्रमुख कारण यो भावनात्मक श्रम पनि श्रमीकहरुले प्रत्येक दिन भोगी राखेको कुरा हो र कसैले पनि वास्ता नगरेको ले आज सम्म यसको वारेमा छलफल नभएको तर उनिहरुले अत्यन्त कठिनाईका साथ महशुस गरीराखेको विषय हो । यदि यो मुद्धालाई कुनै राजनितिक दलले स्थान दिन्छ र यो मुद्धा लिएर श्रमीकहरु समक्ष जान्छ भने प्रत्येक श्रमीकले आफ्नो हितको लागी सो पार्टिलाई भोट हाल्ने कुरा नकार्न सकिदैन ।

यदि अहिले स्थानिय चुनाव मा भावनात्मक श्रम लाई चुनावी घोषणा पत्रमा स्थान दिएर श्रमीकहरुलाई सम्मानका साथ काम गर्ने वातावरण मा एक अर्को महत्वपुर्ण अध्यायको थालनी गर्ने र उनिहरुले भोग्ने यो अन्यन्त कठिन परिस्थिति को व्यवस्थापन गर्ने कुरा जुन राजनितिक दलले प्रतिवद्धता जाहेर गर्दछ त्यो प्रत्येक श्रमीकको आफ्नो दल हुन्छ भन्ने कुरामा कुनै शंका गर्नेु पर्ने ठांउ छैन । बर्दिया जिल्ला एक कृषि उत्पादन र पर्यटनको नगरी भएको साथै हमी सवै बर्दियालीहरु कुनै न कुनै रुपमा श्रमीक नै हौं । म आफै पनि बर्दियामा जन्मेको र हुर्केको मान्छे हुँ । जनशक्ति विकासमा अध्ययन गरी यो भावनात्मक श्रम विषयमा विशिष्टिकरण गर्दे गरेको ले म यो लेख मार्फत सवै राजनितिक दल र स्वतन्त्र उम्मेदवारले भावनात्मक श्रम जस्तो जनशक्ति विकासको मुद्धा बर्दियाबाट उठान गरी राष्ट्रलाई श्रमीकहरुको समस्या समाधानमा विकशित देश समक्ष कांधमा कांध मिलाउने एक अवसर प्रदान गर्न अनुरोध गर्दछु ।

हाल नेपालमा यसको वारेमा धेरैलाई थाहा छैन । मलाई पनि थिएन तर जव मैले युनिभरसिटि अफ कम्वरल्यण्डस् केन्टकी अमेरीका मा यस विषमा अध्ययन गरी नेपालको काठमाण्डौमा कार्यरत नर्सहरुले भोगेको भानात्मक श्रमको अनुसंन्धान पश्चात मात्र नेपालमा यसको अवस्था वारेमा जान्ने मौका प्राप्त गरे । त्यस अध्ययनले मलाई भानात्मक श्रमको समस्यालाई जसरी भए पनि व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा मनन गरायो । मैले अध्ययन गरीराखेको विश्वविद्यालय र एक अन्तराष्ट्रिय संस्थालाई सहयोग को अनुरोध गरी यो अवधारणालाई नेपालमा स्थापित गर्न कानुनी प्रकृयामा कार्य गरी राखेको छु । हाल चुनावको समय भएकोले श्रमीक संग प्रत्यक्ष सरोकार राख्ने यस विषय लाई बर्दियाका राजनितिक दलहरुले स्थान दिई श्रमीकहरुको हितमा कार्य गरुन् भन्ने अनुरोध गर्न चाहन्छु ।

चांडै नै यस विषय नेपालमा आउन लागेकोले बर्दिया जिल्लाले नेपालको लागी अत्यन्त नयाँ र श्रमीकको सम्मानका साथ श्रम गर्न पाउने राष्ट्रिय र अन्तराष्ट्रिय पहलमा नेपालबाट बर्दिया जिल्लाले अग्रणी भुमिका खेलोस भन्ने म एक बर्दियावासी भएकोले मेरो स्वार्थ हो । प्रत्येक बर्दियावासी, राजनितिक व्यक्ति, दल र सम्पुर्ण श्रमीकहरुको लागी यो गर्व गर्ने विषय हुने कुरामा कुनै दुविधा छैन । यदि कुनै प्राध्यापक, श्रमीक नेता, राजनितिक दल, उम्ेदवार र अनुसंन्धानकर्ता लाई यो विषयमा छलफल गर्न परेमा मैले अध्ययन गरेको र मेरो जानकारीमा भएको कुरामा छलफल गर्न सधै तयार रहको कुराको पनि प्रतिबद्धता गर्दछु ।
(सम्पर्क को लागी : प्रविण राज गौतम ,न्यू योर्क, अमेरीका, Email: prabin.gautam@kusoed.edu.np)

स्वर्गिय सुर्यराज गौतम तथा स्वर्गिय माता सुर्यलक्ष्मी गौतमको एकमात्र पुत्रको रुपमा विक्रम संम्वत २०३२ सालमा बर्दियाको गुलरीया नगरपालिका वडा नम्वर ६ मा जन्मनु भएका प्रविण राज गौतम हाल अमेरीकामा विद्यावारिणि गर्दै हुनुहुन्छ । अध्ययनको सिलसिलामा स्टेट यूनिभर्सिटी अफ न्यू योर्क बाट जनशक्ति विकासमा विशेषज्ञता हासिल गरी काठमाण्डौ विश्वविद्यालय र यूनिभरर्सिटी अफ द कम्वरल्याण्डस् केन्टुकी अमेरीकाबाट विकाश अध्ययन मा पि.एच.डि. अध्ययनको अन्त्य तिर आइ पुग्दा अमेरीकामा आफुले सिकेको कुरा लाई नेपालमा ल्याउने जमर्को गरी रहनु भएका बर्दियाका एक युवाको “भावनात्मक श्रम” को अवधारणा नेपालमा स्थापित गर्ने योजनाको फलस्वरुप यो लेख चुरेकुन्ज मार्फत सवै बर्दियावासी, राजनितिक दल र स्वतन्त्र उम्मेदवार लाई सुचित गराई भावनात्मक श्रम लाई श्रमीकको हितसंग जोडि आफ्नो चुनावी घोषणा पत्रमा समावेश गर्न यो लेख मार्फत अनुरोध गर्नु भएको छ ।

तपाइको मत