fbpx

बर्दियामा पाटे बाघ मृत भेटियो, एक साता नपुग्दै दुई बाघ मरे

बर्दियामा पाटे बाघ मृत भेटियो, एक साता नपुग्दै दुई बाघ मरे


हरिवंश पाण्डे, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वार्ड नम्बर ६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा शनिवार एउटा वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।

जिल्ला वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले पाटे बाघ मृत अवस्थामा भेटिएको पुष्टि गर्नुभएको छ । शर्माका अनुसार प्रारम्भिक अनुसन्धानबाट बाघ एक आपसमा जुधेर मरेको हुनसक्ने अनुमान छ । एक साता अघि गत सोमबार मात्र मधुवन नगरपालिका वार्ड नम्बर २ मा रहेको जनजागृति सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको थियो । योसगै बर्दियाको मधुवन नगरपालिकामा एकै साता भित्र दुईवटा पाटेबाघ मृत अवस्थामा फेला परेका हुन् ।

तपाइको मत