fbpx

इन्टर स्कूल कप क्रिकेट प्रतिस्पर्धा गुलरियाको कभर्डहलमा शुरु

इन्टर स्कूल कप क्रिकेट प्रतिस्पर्धा गुलरियाको कभर्डहलमा शुरु


विष्णु अधिकारी, गुलरिया । गुलरिया नगरपालिका वडा नं. ४ मा रहेको खेल मैदान कभर्ड हलमा क्रिकेट खेल शुरु भएको छ । जिल्ला क्रिकेट संघ बर्दिया र बर्दिया क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा अन्तर विद्यालय क्रिकेट खेल शुरु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले क्रिकेट खेललाई अगाडी बढाउन आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । खेलाडीहरुलाई एक आपसमा मिलेर अनुशासित भएर खेल खेल्न उहाँको आग्रह छ । बेला बेलामा खेलको आयोजना गर्नाले अनुशासित खेलाडिहरु उत्पादन गर्न सजिलो हुन्छ । उहाँले भन्नुभयो क्रिकेट खेल भनेको व्यायाम पनि भएकाले यसलाई निरन्तरता दिन खेलाडीहरुलाई आग्रह गर्छु । क्रिकेट खेल विश्वले रुचाउदै गएको हुनाले क्रिकेटको महत्व बढेको कुरामा उहाँको जोड छ ।

क्रिकेट खेलका माध्यमबाट टोल समाजमा लुकेर बसेका खेलाडिहरुलाई बाहिर ल्याई खेलको माध्यमले राष्ट्र तथा जिल्लालाई विश्वमा परिचित गराउन सकिने नगरप्रमुख यादवको भनाई छ । कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देबकोटाले क्रिकेट खेलमा भाग लिएका खेलाडिहरुलाई अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभयो । खेलकुदका लागि स्वास्थ्य चाहिन्छ र स्वस्थ शरिर नै राष्ट्रको गहना भएकाले खेलाडिहरुले स्वस्थ प्रतिष्प्रर्धा गर्नाले राम्रो खेलाडि उत्पादन हुने भएकाले अनुशासित भएर खेल खेल्नु नै असल खेलाडिको पहिलो पहिचान रहेको कुरामा जोड उहाँको जोड छ ।

प्रमुख देवकोटाले यस्ता किसिमका खेलहरु बेलाबेलामा आयोजना गर्दा खेलको विकास हुनुका साथै खेलाडिहरुको मनोबल उच्च हुने बताउनु भयो । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र शर्मा, बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका प्रधानाध्यापक भेजेन्द्र थापा लगाएतले शुभकामना मन्तब्य दिनु भएको छ । क्रिकेट खेलमा ५ वटा विद्यालयका टिमले भाग लिएको जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीले जानकारी दिनु भयो । क्रिकेट खेल चैत्र १२ देखि १९ गते सम्म संचालन हुनेछ । खेलमा प्रथम हुने टिमलाई ३१ हजार, दोस्रो हुने टिमलाई २१ हजार नगद, कपका साथै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई पनि पुरुस्कार तथा प्रमाण–पत्र प्रदान गरिने अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

तपाइको मत