बर्दिया उद्योग बाणिज्य संघ राजापुरमा केदार थापाको प्यानल विजयी (मतपरिणाम सहित)
- शनिबार चैत १२ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दिया उद्योग बाणिज्य संघ राजापुरको अध्यक्ष पदमा केदार थापाको प्यानल विजयी भएको छ । अध्यक्ष, १ उपाध्यक्ष ३ (वरिष्ठ, उद्योग, बाणिज्य), महासचिव १, सचिव १, कोषाध्यक्ष १, महिला/पुरुष सदस्य ४/४ गरी १६ सदस्यीय कार्यसमिति मतदान मार्फत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघको १६ सदस्यीय कार्यसमितिमा अगल अलग प्यानलबाट उम्मेदवारी दर्ता गरिएको थियो । अध्यक्ष पदमा निर्वाचित केदार थापाले ३०२ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्दी यदुमणी शर्माले २४६ मत प्राप्त गर्नु भएको हो । वरिष्ठ उपाध्यक्षमा माधवी केसीले ३५२ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उपाध्यक्ष पदमा प्रतिद्वन्दी उषा मल्ल खनालले २१३ मत प्राप्त गर्नु भएको छ ।
उद्योग तर्फको उपाध्यक्षमा सुनिल दहितले ३१४ मत प्राप्त गरी विजयी हुनु भएको छ प्रतिद्वन्दी विरेन्द्र गुप्ता विन्दुले २५३ मत प्राप्त गर्नु भएको छ । वाणिज्य तर्फको उपाध्यक्षमा रामप्रसाद श्रेष्ठले २६५ मत प्राप्त गरी विजयी हुनु भएको छ । प्रतिद्वन्दी दुर्गेश कुमार कसौधनले २४७ मत प्राप्त गर्नु भएको छ । महासचिवमा २१७ मत ल्याएका कृपालाल थारुलाई लोकराज ढुँगानाले २९५ मत प्राप्त गरी पराजित गर्नु भएको छ । सचिव पदमा ४१६ मत प्राप्त गरी सन्तोष कुमार तिमिल्सेनाले अध्यधिक मतले विजय प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्दी महेन्द्र थारुले २१३ मत प्राप्त गर्नु भएको छ ।
कोषाध्यक्ष पदमा पार्वती दहितले ३४३ मत प्राप्त गरी विजयी हुनु भएको छ । लीला थारुको १६५ मत छ । पुरुष तर्फको सदस्य पदमा प्रभात भुप शाह (३५३), पुनित कुमार गुप्ता (३३७), प्रभात राज गुप्ता (३२४) मत प्राप्त गरी विजयी हुनु भएको छ । अमर थापा र तिलक पौडेलले बराबर (३२२) मत प्राप्त गर्नु भएको छ । महिला सदस्य पदमा विजिता थारु (३३८), गोमा उपाध्याय (२९३), सुस्मा भण्डारी (२७९) र कमला न्यौपानेले (२६६) मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
