बर्दियामा म्यादी प्रहरीमा ७ हजार बढीको आवेदन दर्ता
- शुक्रबार चैत ११ , २०७८
चुरेकुञ्ज, गुलरिया । आगामी वैशाक ३० गने हुने स्थानिय तहको निर्वाचनका लागि बर्दियामा माग गरिएको म्यादी प्रहरीका लागि ७ हजार बढीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आवेदन दर्ता गराएका छन् । १ हजार ५ सय ३९ जना पदका लागि बर्दियामा आवेदन खोलिएको हो ।
म्यादी प्रहरीको आवेदन दिने म्याद सकिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताउनु भयो । आवेदन दिएका सबैलाई १३ गते सम्पर्क गर्ने मिति तोकिएको उहाँले जानकारी दिनु भयो । हामीले माग गरेभन्दा धेरै आवेदन दर्ता भएका छन् । प्रकृयाबाट उहाँहरुलाई छनौट गर्छौ डीएसपी शाहीले भन्नुभयो ।