बर्दियामा इन्टर स्कूल कप क्रिकेट प्रतियोगिता गरिँदै
- शुक्रबार चैत ११ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाका इन्टर स्कूल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला क्रिकेट संघ बर्दिया र बर्दिया क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा प्रतिस्पर्धा गराईने भएको छ ।
बर्दियाको गुलरिया स्थित तुलापुरमा अवस्थित कवर्ड हलको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीले बताउनु भएको छ । चैत्र १२ गतेदेखि शुरु हुने प्रतियोगिता १९ गते सम्म चल्ने छ । प्रतियोगितामा ५ वटा विद्यालयहरु सहभागी हुने भएका छन् ।
महाकवि देवकोटा माध्यमिक विद्यालय गुलरिया, वगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया, शम्भुशरण माध्यमिक विद्यालय खैरापुर र जीजीएन वोर्डिग स्कूल मधुवनका खेलाडी विच स्पर्धा हुने अध्यक्ष राजभण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ । सबै टिम एक आपसमा भिडेर स्पर्धा हुनेछ । प्रथम हुने विद्यालयलाई ३१ हजार, दोस्रो हुनेलाई २१ हजार नगद पुरस्कारसँगै कप दिईने जनाईएको छ ।