मानपुर युवा समाजको साधारण सभाको उद्घाटन शत्र सम्पन्न
- शुक्रबार चैत ११ , २०७८
चुरेकुञ्ज, बर्दिया । मानपुर युवा समाज (मायुस) बर्दियाले २५ औ साधारण सभा एवम् छैठौ अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको प्रमुख आतिथ्यतामा उद्घाटन शत्र सकिएको छ ।
२५ वर्ष अघि पहाडी नगर एव मानपुरका युवाहरुले भारतीय सिमावर्ति क्षेत्रमा हुने गरेको चोरी डकैतीलाइ रोक्न गठन भएको सस्थाले पछिल्लो समयमा उदारहणीय कार्यहरु गर्दै आएको छ । बर्दिया जिल्लाको विभिन्न ठाउँहरुमा खानेपानी आयोजनाहरु निर्माण गरी उपभोक्ता लाइ हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी एव बर्दियाका प्रमुख जिल्ला अधिकारीले यस सस्थाको नामसँग युवा जोडिएकाले आगामी दिनहरुमा युवाहरुका लागी धेरै कार्यक्रमहरु ल्याउन आग्रहगर्दै युवा नै राष्ट्रको शक्ति र देशको मेरुदण्ड भएको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले मानपुर युवा समाजले अन्य गैरसरकारी संस्थाहरु भन्दा फरक किसिमको कार्यगर्दै आएको बताउनु भएको छ । कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष शशीराम बिकले एउटा सानो समुहमा रहेको युवाको क्लवबाट विकसित भई मायूसले संस्थाको रुप लिँदा सम्मको अवस्थाका बारेमा जानकारी गराउनु भएको छ । पुरुष भन्दा महिलाहरुको उपस्थिती बढि रहेको उक्त कार्यक्रममा समाजमा राम्रो एव उदाहरणिय कार्य गर्ने व्यक्तित्वहरुलाइ सम्मान एव मायाको चिनो प्रदान गरिएको छ ।
भौंराटप्पा क्षेत्रमा कार्यरत ६ जना पत्रकारहरू सम्मानित भएका छन । शुक्रबार राजापुरमा भएको मानपुर युवा समाज (मायुस) को २५ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनमा पत्रकारहरूले समाज रूपान्तरणमा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका सचिव सन्तोष पौडेल, गेरूवा अपडेडका कार्यकारी सम्पादक पुष्कर काफ्ले लगायत ईमेज टेलिभिजन बर्दिया संवाददाता केशव कोइराला, टिभि टुडेका बर्दिया संवाददाता ऋषि वाग्ले, कोठियाघाट साप्ताहिकका कार्यकारी सम्पादक बिक्रम कायस्थ र रेडियो साथी एफ एमका स्टेशन म्यानेजर मीन अधिकारी सम्मानित हुनुभएको हो ।