fbpx

कार्यविधि बनाएरै मानव बेचिवखन रोक्न गुलरिया अग्रसर

कार्यविधि बनाएरै मानव बेचिवखन रोक्न गुलरिया अग्रसर


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिकाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न कार्यविधि बनाएर अघि बढेको छ । सीमावर्ती पालिका भएका कारण मानव बेचविखनको जोखिम बढ्दै गएकाले गुलरिया नगरपालिकाले कार्यविधि पासगर्दै बेचबिखन बिरुद्ध उत्रिएको हो ।

नगरपालिकाले पालिकामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि कार्यविधि निर्माण गरी कार्यान्वयनमा अघि बढेको गुलरिया नगरपालिकाकी उपप्रमुख सुशिला गिरीले बताउनु भयो । जस अनुसार पालिका स्तरिय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समिति गठन भई क्रियाशिल रहेको छ । पालिका एवं वडा स्तरिय कार्ययोजना निर्माण भई कार्यान्वय भई रहेको उहाँले प्रस्ट्याउनु भयो । मानव बेचबिखन तथा ओसारपसार रोकथाम, उद्धार एवं पुर्नस्थापना सम्बन्धमा पालिकाले गरेको कार्यको बार्षिक समिक्षा एवं योजना निर्माण गरेका छौं । गुलरिया नगरपालिकाले महिला बालबालिका बेचविखन विरुद्ध थुप्रै काम गरेको उपप्रमुख गिरीको भनाई छ ।

गुलरिया नगरपालिकाले माईती नेपालको सहकार्यमा मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि विभिन्न कार्यहरु गर्दै आएको गुलरिया नगरपालिकाका अधिकृत मुकुन्द अर्यालले बताउनु भएको छ । नगरपालिकाले बेचविखनको तथ्यांक ब्यवस्थापन, प्रभावितहरुलाई सिफारिश, उद्धार एवं प्रभावितहरुको सामाजिक पुनएकिकरण जस्ता कार्यहरु गर्दै आएको अधिकृत अर्यालको भनाई छ । पालिकाले बेचविखन विरुद्ध योजना र बजेट ब्यवस्थापन समेत गरेको छ । गुलरिया नगरपालिकाले माइती नेपालको सहकार्यमा बेचविखन बिरुद्ध बार्षिक सार्वजनिक छलफल चलाएको छ ।

गुलरिया नगरपालिका महिला शाखा अधिकृत शिला शाहले संचालन गरेको छलफलमा नगर शिक्षा, कानून, लेखा शाखा, जिल्ला प्रहरी कार्यालय महिला सेलको सहभागीता सहितको छलफलमा किशोरी क्लव, बाल संजाल, नेपाल पत्रकार महासंघ, नागरिक समाज लागयत सरोकारवाला संघ संस्थाहरुले आफ्ना धारणा प्रस्तुत गरेका छन् ।

तपाइको मत