fbpx

वडा नम्वर ५ को आयोजनामा गुलरियामा नगर स्तरिय फुटबल

वडा नम्वर ५ को आयोजनामा गुलरियामा नगर स्तरिय फुटबल


विष्णु अधिकारी, गुलरिया । गुलरिया नगरपालिका वडा नं. ५ बालापुरको खेल मैदानमा मंगलवार देखि फुटवल खेल शुरु भएको छ । गुलरिया नगरपालिका वडा नं. ५ को आर्थिक सहयोग तथा कृष्णसार युथ स्पोर्टस क्लव गुलरियाको आयोजनामा अन्तर क्लब फुटबल प्रतियोगिता शुरु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि गुलरिया नगरपालिका वडा नं. ५ को वडाध्यक्ष सावित्रा गौतमले खेलको आयोजना गर्नुको मुख्य उद्देश्य खेलका माध्यमबाट अनुशासित खेलाडीहरु उत्पादन गर्न सजिलो हुने बताएकी छिन् । फुटबल खेल मार्फत टोल समाजमा लुकेर बसेका खेलाडीहरुलाई बाहिर ल्याएर खेलको माध्यमले राष्ट्र तथा जिल्लालाई विश्वमा परिचित गराउन सकिनेमा उनको जोड छ । उनले फुटबल खेलमा भाग लिएका खेलाडीहरुलाई अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गरिन् ।

गुलरिया नगरपालिका वडा नं. ५ का वडा सदस्य युवराज श्रेष्ठले आफु स्वयं फुटबल खेलको खेलाडी भएकाले उच्च मनोबल हुने गरि आगामी दिनहरुमा खेलाडी उत्पादन गर्न आफु लागि पर्ने चुरेकुञ्जलाई बताए । यस्ता किसिमका खेलहरु बेलाबेलामा आयोजना गर्दा खेलको विकास हुनुका साथै खेलाडीहरुको मनोबल उच्च हुने वडा सदस्य श्रेष्ठको भनाई छ । फुटबल खेलमा गुलरिया नगरपालिका भित्रका विभिन्न वडाका ८ वटा टिमले भाग लिएको छ । फुटबलमा प्रथम हुने टिमलाई ७५ हजार, दोस्रो हुने टिमलाई ३५ हजार नगदका साथै राम्रो खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई पनि पुरस्कार प्रदान गरिने कृष्णसार स्पोर्टस क्लब गुलरियाले जनाएको छ ।

तपाइको मत