fbpx

जातीय विभेद अन्त्य गर्न आफैबाट शुरुवात गरौं : उपप्रमुख गिरी

जातीय विभेद अन्त्य गर्न आफैबाट शुरुवात गरौं : उपप्रमुख गिरी


मुरली गोडिया, गुलरिया । समाजमा जरा गाडिएको जातिय विभेद अन्त्य गर्न आफैबाट शुरुवात गर्नुपर्ने देखिएको गुलरिया नगरपालिकाकी उपप्रमुख सुशिला गिरीले बताउनु भएको छ । ५७ औं अन्र्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा अयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख शुशिला गीरीले यस्तो बताउनु भएको हो ।

विभिन्न मञ्चका भाषण तथा गोष्ठिमा आवाज उठाउनु भन्दा अन्त्यको शुरुवात व्यक्तिले आफूबाटै गर्नुपर्ने उहाँको भनाई छ । सरकार, विभिन्न संघसंस्था तथा निकायले समाजबाट जातिय विभेद अन्त्य गर्न पहल गरेको भएपनि अझै पनि नेपाली समाजमा कथित तल्लो जाती भनेर विभेद गरि रहेको उल्लेख गर्नु भयो । हरेक व्यक्तिले आफनो गाँउघर तथा परिवार बाट आफैले जातिय विभेद विरुद्ध लागे यस्को अन्त्य गर्न सकिने उहाँले जोड दिनु भयो । व्यक्तिले अब जातिय विभेद अन्त्य गर्नका लागी आफै जागरुक भई वडा गाँउ तथा पालिकालाई नै जातिय विभेद अन्त्य पालिका बनाउनमा भुमिका खेल्न आवश्य रहेको बताउनु भयो ।

दलित महिला संघ बर्दियाले अयोजना गरेको जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा स्थानिय जनप्रतिनिधी, दलित अधिकारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधी स्थानिय नागरिक तथा संचारकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका प्रतिनिधी लक्ष्मण घिमिरेले दलित समुदायलाई गरिएको विभेद अन्त्य गर्न दलित मात्र नभई अन्य सामुदायले पनि भुमिका खेल्नु पर्ने बताउनु भयो । दलितको कार्यक्रममा सवै समुदायका दलित प्रतिनिधित्व हुनुपर्ने बताउनु भयो । मधेशी समुदायमा पनि रैदास, पासी, चिडिमार लगायत जातीका समुदायमा पनि विभेदको प्रथा रहेको भन्दै यस्ता समुदायलाई पनि विविध कार्यक्रममा समावेश गर्नुपर्ने घिमिरेको जोड थियो ।

गुलरिया नगरपालिकाकी उपप्रमुख शुशिला गीरीको प्रमुख आतिथ्यतामा मनाईको कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी हिमा सुनारले दलितको अधिकारका लागी दलित समुदायले मात्र नभई अन्य समुदाय तथा निकायको पनि जिम्मेवारी भएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, गुलरिया नगरपालिका वडा नम्बर ७ की वडा अध्यक्ष गीता बस्नेत लगायतले जातिय विभेदबारे समाजको धारण तथा अन्त्य गर्न अवश्यक विषय वारे बोल्नु भएको थियो । सवै प्रकारका जातिय भेदभाव र छुवाछुतको अन्त्य गर, राज्यका सवै तहमा समानुपातिक प्रतिनिधित्वको कार्यन्वयन गर भन्ने नाराका साथ ५७ औं अन्र्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइएको छ ।

तपाइको मत