गेरुवालाई छुवाछुतमुक्त पालिका बनाउने तयारी
- शनिबार फाल्गुण १ , २०७७
मुरली गोडिया, बर्दिया । बर्दियाको गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभावमुक्त पालिका घोषणाका लागि गाँउपालिकाले सक्रियता देखाएको छ । गेरुवा गाँउपालिका र दलित सेवा संघको संयुक्त प्रयासमा पालिकाका छ वटै वडामा दलित र गैर दलित विच विभिन्न चरणका छलफलगर्दै छुवाछुतमुक्त भेदभाव रहित पालिका बनाउने तयारी थालिएको हो ।
छुवाछुत तथा भेदभाव मुक्त पालिका घोषणाका लागि गाँउपालिकाले तयारी थालेको छ । राज्यका हरेक तहमा दलितहरुको सहज पहुँच पु¥याउन जनचेतना तथा दवाव सिर्जना गर्न अभियानले मद्दत पुग्ने बताइएको छ । राज्यका ऐन, कानूनमा व्यवस्था भएका अधिकार प्राप्तीका लागि दलित तथा सिमान्तकृत समुदायलाई सहयोग पुग्ने गरि गेरुवाले निति तथा कार्यक्रमबाटै सम्बोधन गर्ने तयारी गरिरहेको गेरुवा गाँउपालिकाकी उपाध्यक्ष हिमा कुमारी चौधरीले बताईन् ।
दलित समुदायका अधिकार प्राप्तीका लागी निर्माण गरिएका ऐन नियमको पालना गर्न र गराउन अभियानको अवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन । संविधानमा दलित समुदायका लागी थुप्रै कानुन निर्माण भएपनि कार्यान्वयन हुन सकेको छैन । नेपालमा २१ औ शताव्दीको संघारमा पुग्दा समेत नेपालीहरु अझै पनि जातीय व्यवस्थाका बिषय नै उठान गर्नु पर्नै बाध्यता रहेको छ । जात व्यवस्था कै कारण नेपालमा भने जति विकास हुन नसककेको दलित सेवा संघ बर्दियाका अध्यक्ष तारा बहादुर सुनारले बताए । बर्दिया जिल्लामा करिब ९ हजार घरधुरीमा ५० हजार दलित जनसंख्या रहेको तथ्याङ छ ।
गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभावमुक्त पालिका घोषणा गर्ने तयारीे गरि रहँदा अन्य स्थानिय तहलाई समेत सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । संविधानमा व्यवस्था भएको दलित समुदायका अधिकार प्राप्तीका लागी निर्माण गरिएका ऐन नियमको पालना गर्न र गराउन यस्ले मद्दत पुग्ने आशा गरिएको दलित सेवा सघ उपशाखा पशुपति नगरका अध्यक्ष बमबहादुर विक वताउँछन् । संविधानको पुर्ण रुपमा कार्यान्वयन भए मात्र हरेक समुदायको हक, अधिकारको समानता र सहभागितामुलक प्रतिनिधित्व हुने हुँदा त्यसतर्फ सरोकारावालाहरुको ध्यान पुग्नु पर्ने उनको भनाई छ ।