fbpx

उद्योग बाणिज्य संघ राजापुरको साधारण सभा सम्पन्न

उद्योग बाणिज्य संघ राजापुरको साधारण सभा सम्पन्न


मिन अधिकारी, राजापुर । बर्दिया उद्योग बाणिज्य संघ राजापुर बर्दियाको ३१ औ बार्षिक साधारण सभा सम्पन भएको छ । कृष्ण कुमार रेग्मीको अध्यक्षतामा भएको साधारण सभाले बिधान संसोधन गर्ने, सदस्यता शुल्क रु २०५ बाट बढायर रु ५०५, लिने, उद्योग बाणिज्य संघ को र्निवाचन चैत ८ गते गर्ने र्निणयगर्दै खुल्ला तथा बन्दसत्र सम्पन भएको हो ।

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बिशिष्ट अतिथि चक्र अधिकारीले उद्योग बाणिज्य संघ व्यापारीको संस्था साझा सस्था भएकोले राजनितिक नगरी व्यापारीको हक हितमा कामगर्ने जिम्मेवारी लिएर आउनु पर्ने भन्दै व्यापारीले सबै क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भयो । जिल्लाको पुरानो बर्दिया उद्योग बाणिज्य संघको गरिमा ठुलो रहेकाले सबैले सहयोग गरेर अगाडि बढाएमा यहाको बिकास हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।

सभालाई राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष रमन कुमार रेग्मी, नेकपा माओबादीका नगर अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष चिन्तामणी आचार्य, नेकपा एमालेका जिल्ला सदस्य शिवमणि शर्मा, नेपाली काँगे्रसका नगर उपसभापति तथा वडानं १ का अध्यक्ष खुसीराम थारु राप्रपा नगर अध्यक्ष केशर थापा लगाएतका अतिथिहरुले सम्बोधनगर्दै बजार लगायत राजापुरका ब्यापारीलाइ स्थापित नगरी अघि बढेमा राजनितिक प्रतिफल नआउने उहाँको भनाई छ । राजनिती बाट टाढा राखेर निष्पक्ष र सहमतिमा उद्योग बाणिज्य संघको हितमा काम गर्ने व्यक्ती छान्नु पर्ने भन्दै ३१ औ बार्षिक साधारण सभाको शुभकामना दिनुभएको थियो ।

तपाइको मत