fbpx

कृषिमा लगानी गर्नसके नेपालमै रोजगारी : सांसद दिपेश थारु

कृषिमा लगानी गर्नसके नेपालमै रोजगारी : सांसद दिपेश थारु


मिन अधिकारी, राजापुर । एकिकृत कृषी तथा पशुपन्छी बिकास कार्यालय बर्दियाको आयोजनामा संचालन गरेको गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती लुम्बीनी प्रदेश सांसद दिपेश थारुले कृषीमा लगानी गरेर यान्त्रीकरण गरी कल कारखाना स्थापना गरेमा मात्र नेपालमा रोजगारी दिन सकिने सम्भाबना रहेको बताउनु भएको छ । बैँक र किसान बिचमा प्रदेश सरकारले ल्याएको सुलभकर्जा ब्याबसायी किसानको हितमा रहेको छ ।

किसानको लागी बजार सुनिश्च्तिता नहुँदा किसानले अग्रसरता देखाउन नसकेको उहाँको भनाई छ । बजार सुनिश्चित गर्नुपर्ने भन्दै बैँकहरुको समस्या राष्ट्र बैंकको नितीलाइ अवलम्वन गर्नुपर्ने भएकाले सो बिषयमा अर्थ मंत्रालायमा समन्वय गर्ने बताउनु भयो । बर्दियाको राजापुरमा शुलभकर्जा सहजिकरण अन्तरक्रिया गोष्ठी सम्पन भएको छ । कार्यक्रममा राजापुर क्षेत्रमा रहेका बैंक तथा बित्तीय संस्थाका प्रमुख प्रतिनीधि तथा किसानहरुको सहभागीता रहेको थियो ।

तपाइको मत